प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा सिंगापुर भ्रमण लगाएत विषयमा सम्बोधन गर्ने भएका छन् ।
बिहान ११ बजे बस्ने संसद बैठकमा प्रधानमन्त्रीले सम्बोधनका क्रममा समसामयिक सबैजसो कुराको चर्चा गर्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले बताउनुभयो ।
प्रधानमन्त्री ओली १० दिन लामो स्वास्थ्य उपचार गरेर गएको सोमबार स्वदेश फर्किएका थिए । सो विषयमा पनि प्रधानमन्त्रीले संसदमा सम्बोधन गर्ने भएका छ ।
सत्तारुढ नेकपाका सचिवालय बैठक बसी कार्यविभाजन समेत भइसकेपछि प्रधानमन्त्रीले देशवासीको नाममा सम्बोधन गर्न लागेका हुन् ।
प्रतिक्रिया