देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एमबाप्पे विश्वकै सर्वाधिक मूल्यवान खेलाडी, रोनाल्डो र नेइमार ‘टप१०’मा पनि परेन

देशान्तर

‘पीएसजी’का फरवार्ड केलियन एमबाप्पे विश्वकै सर्वाधिक मूल्यवान खेलाडी बन्दा रोनाल्डो र नेइमार टप १० मा पर्न असफल भएका छन् । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनका एमबाप्पे विश्वकै सर्वाधिक मूल्यवान खेलाडी बनेका हुन।

फुटबल अब्जरभेटरी (सीआईइएस)ले सार्वजनिक गरेको सर्वाधिक मूल्यवान खेलाडीको सूचीमा एमबाप्पेले शीर्ष स्थान कब्जा गर्दा लिभरपुलका मोहमद सलाह र म्यानचेस्टर सिटीका रहिम स्ट्रलिङ क्रमश दास्रो र तेस्रो स्थानमा अटाएका छन् ।

फुटबल अब्जरभेटरीले गरेको अध्ययन अनुसार एमबाप्पेको मूल्य २३० मिलियन पाउण्ड रहेको छ । यस्तै दोस्रो स्थानमा रहेका सलाहको मूल्य २०० मिलियन पाउण्ड र स्ट्रलिङको मूल्य १९० मिलियन पाउण्ड रहेको छ ।

यस्तै चौंथो स्थानमा रहेको बार्सिलोनाका कप्तान लियोनल मेस्सीको मूल्य १५३ मिलियन पाउण्ड र १४५ मिलियन पाउण्डसहित बोरुसिया डर्टमण्डका जाडोन सान्चो पाँचौं स्थानमा रहेका छन् ।

टप १० लिष्ट:
१) केलियन एमबाप्पे २३० मिलियन पाउण्ड
२) मोहमद सलाह २०० मिलियन पाउण्ड
३) रहिम स्ट्रलिङ १९० मिलियन पाउण्ड
४) लियोनल मेस्सी १५३ मिलियन पाउण्ड
५) जाडोन सान्चो १४५ मिलियन पाउण्ड
६) साडियो माने १४४ मिलियन पाउण्ड
७) ह्यारी केन १४३ मिलियन पाउण्ड
८) रोबर्टो फिर्मिन्हो १३२ मिलियन पाउण्ड
९) एन्टोनी ग्रीजम्यान १३१ मिलियन पाउण्ड
१०) लोरी साने १२५ मिलियन पाउण्ड

रोनाल्डो र नेइमार कहाँ?
इटालियन क्लब युभेन्ट्सका पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो शीर्ष १० मा अटाएका छैनन् । २० औं स्थानमा रहेको रोनाल्डोको मूल्य ११८ मिलियन पाउण्ड रहेको छ । पीएसजीका नेयमार १२४ मिलियनसहित १७ औं स्थानमा रहेका छन् ।
म्यानचेस्टर युनाईटेडका पाउल पोग्बा १२५ मिलियनसहित १६ औं स्थानमा आटाएका छन् ।