प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाललाई पार्टीको जिम्मेवारी लिन प्रस्ताव गर्नुभएको छ ।
स्रोतका अनुसार अध्यक्ष ओलीले दाहाललाई पार्टीको जिम्मेवारी लिन र पार्टी एकता गर्नुपूर्वको सहमति अनुसार प्रधानमन्त्री छाड्न समेत तयार हुनुभएको छ ।
आज सचिवालय बैठक बस्नुपूर्व दुई अध्यक्षबीच भएको भेटमा अध्यक्ष ओलीले यस्तो प्रस्ताव गनुभएका हो
अध्यक्ष ओलीको यो प्रस्तावसँगै अध्यक्ष दाहाल स्कूल विभाग प्रमुखको जिम्मेवारी ईश्वर पोखरेललाई दिन तयार हुनुभएका थियो । नेकपामा सुरुदेखि नै एउटा अध्यक्षले सरकार र अर्को अध्यक्षले पार्टी चलाउनुपर्ने बहस चल्दै आएको थियो ।
तर अहिले प्रधानमन्त्री ओलीले नै पार्टी चलाउनुस् भन्ने प्रस्तावलाई आश्चर्यका रुपमा हेरिएको छ ।
यद्यपि, यसबारे प्रधानमन्त्री ओली भदौ पहिलो साता सिंगापुरमा स्वास्थ्य उपचार गरेर फर्केसँगै ठोस निर्णय हुने बताइएको छ ।
यो प्रस्तावमा सहमति भए दाहाल पार्टीको कार्यकारी अध्यक्ष बन्नुहुनेछ ।
यस्तै अध्यक्षद्वयको निर्णयसँगै वरिष्ठ नेताको मर्यादाक्रममा पहिलो वरियता रहेका नेता माधवकुमार नेपाललाई हटाएर दोस्रो वरियतामा रहेका नेता झलनाथ खनाललाई ल्याउने प्रस्ताव पनि अघि सारिएको छ ।
अध्यक्षद्वयको यो निर्णयसँगै वरिष्ठ नेता नेपाल भने असन्तुष्ट बननुभएको छ ।
प्रतिक्रिया