काठमाण्डौ— राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना चढेको हेलिकप्टर आकस्मिक अवतरण गरेको छ । बागलुङको ढोरपाटनबाट पोखराका लागि उडेको प्रभु कम्पनीको हेलिकप्टर खराब मौसमका कारण जिल्लाको भूमे गाउँपालिका–६, स्थित बाल जनजागरण आधारभूत विद्यालय रिसालचौरमा अवतरण गरेको हो ।
बिहान बागलुङको ढोरपाटनमा ढोरपाटन महोत्सव उद्घाटन गर्न आएका तिमिल्सिना दिउँसो पोखरा फर्कन थालेका थिए । उड्दै गरेको हेलिकप्टर खराव मौसमका कारण दिउँसो साढे १ बजे रिसालचौर विद्यालयको प्राङ्गणमा अवतरण गरेको प्रहरीले जनाएको छ । हेलिकप्टरमा गण्डकी प्रदेशका भौतिक योजना तथा विकास मन्त्री रामशरण बस्नेत, बागलुङ ढोरपाटन नगरपालिकाका प्रमुख लगायत ५ जना रहेको जनाइएको छ । उनीहरुको सुरक्षाको लागि प्रहरी टोली त्यसतर्फ गएको जिल्ला प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक योकेन्द्रकुमार खड्काले बताए । मौसममा सुधार आएपछि हेलिकप्टर उड्ने उनले बताए ।
प्रतिक्रिया