नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक पुनः स्थगित भएको छ । आजका लागि तय भएको बैठक प्रधानमन्त्री केपीशर्मा ओलीलाई ज्वरो आएपछि शुक्रबारसम्म लागि स्थगित भएको पार्टी प्रवक्तासमेत रहेका नेकपा सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले बताएका छन् ।त्यसपछि सबै साथीहरुले प्रधानमन्त्रीलाई अस्वस्थ भएपछि आज नबसौं भन्ने सल्लाह भएर भोलिसम्मका लागि बैठक स्थगित गरिएको छ ।आजको बैठकमा यसअघिदेखि छलफल हुन नसकेका कार्यसूचीमाथि छलफल गर्ने बताइएको थियो । तर, प्रधानमन्त्री सन्चो नभएपछि बैठक स्थगित गरिएको हो ।यसअघि मंगलबार तयारी नपुगेको भन्दै बुधबारका लागि स्थगित गरिएको बैठक बुधबार पनि बस्न सकेको थिएन ।यसअघि बुधबार बिहान प्रधानमन्त्री र पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल दहालबीच भएको भेटमा सुरुमा ३२ वटा विभाग प्रमुख चयन गर्ने र बाँकी कार्यसूचीतर्फ अघि बढ्ने समझदारी भएको नेकपाका एक नेताले बताउनुभएको थियो ।
प्रतिक्रिया