काठमाण्डौ – राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले राष्ट्रियसभाका समाचार ओझेलमा परेकोमा गुनासो गरेका छन् ।
नेपाल पत्रकार महासङ्घले काठमाण्डौमा गरेको कार्यक्रममा राष्ट्रियसभा र यसका समितिहरुले गरेका गतिविधिलाई सञ्चारमाध्यमले प्राथमिकतामा नपारेको भन्दै गुनासो गरेका हुन् । प्रतिनिधिसभा र उसका समितिका बैठकका विषयलाई सञ्चारमाध्यमले प्राथमिकता दिने गरेको तर राष्ट्रियसभाका खबरलाई बेवास्ता गर्ने गरिएको उनले गुनासो गरे ।
सञ्चारमाध्यममा आउने खबरहरु विश्वसनीय र निष्पक्ष हुनुपर्ने भन्दै उहाँले पत्रकारितालाई सबैले अन्याय पर्दाको साथीका रुपमा बुझ्ने बनाउन महासङ्घ, सञ्चारमाध्यम, सम्पादक र पत्रकार स्वयम् लाग्नपर्ने बताउनुभयो ।
पत्रकारितामा अनेकौँ विकृति रहेकाले त्यसलाई हटाउन नियम, कानुनलगायतका कुरामा जोड दिनपर्नेमा तिमल्सिनाले जोड र्दिए । मिडिया काउन्सिल विधेयकमा आवश्यक थपघट र छलफल पछि मात्र अघि बढाउने उनको भनाइ छ ।
प्रतिक्रिया