देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बैंक खाता सक्रिय बनाउन प्राधिकरणको लाभग्राहीलाई आग्रह

देशान्तर

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले अनुदान सम्झौता गरेका तर बैंकमा खाता सक्रिय नगरेका लाभग्राहीलाई यथाशीघ्र तोकिएको बैंकमा खाता सक्रिय बनाउन अनुरोध गरेको छ ।
अनुदान सम्झौता गरेलगत्तै पहिलो किस्ता बैंक खातामा गएको तर खाता सक्रिय नगरेका कारण ठूलो संख्याका लाभग्राहीको रकम निष्क्रिय भएपछि यस्तो आग्रह गरिएको प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले बताउनुभयो ।
उहाले खाता सक्रिय गरी रकम निकालेर घर बनाउन सुरु गर्न पनि सम्बन्धित सबै लाभग्राहीलाई आग्रह गर्नुभयो । समयमै खाता सक्रिय नगर्नेहरुको हकमा प्राधिकरणले खाता निष्क्रिय तुल्याउने पनि उहाले जानकारी दिनुभयो ।
आइतबार अपरान्हसम्मको तथ्यांकअनुसार पहिलो किस्ता लिएका ७ लाख ६७ हजार ६०८ लाभग्राहीमध्ये ६ लाख २ हजार ४४३ ले घर निर्माण सुरु गरेर दोस्रो किस्ता लिएका छन् ।