देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

उच्च पदस्थ अधिकारीहरुको तलब वृद्धिको प्रस्ताव तयार हुन सकेन

देशान्तर

सरकारले राष्ट्रपतिसहित उच्च पदस्थ राजनीतिक व्यक्तिहरूको तलब नबढाउने देखिएको छ । चालु आर्थिक वर्षमा कर्मचारीको तलब बढाएको सरकारले राष्ट्रपतिसहित उच्च पदस्थ राजनीतिक व्यक्तिहरुको तलब बढाउने प्रस्ताव नै गरेको छैन ।
आर्थिक वर्षको पहिलो महिना सकिनै लाग्दा पनि अर्थ मन्त्रालयले उच्च पदस्थ अधिकारीहरुको तलब वृद्धिको प्रस्ताव मन्त्रिपरिषदमा नपठाएको अर्थ मन्त्रालयले जनाएको छ।
अर्थको बजेट तथा कार्यक्रम महाशाखाका प्रमुख सहसचिव हरिशरण पुडासैनीले अहिलेसम्म उच्च पदस्थ व्यक्तिको तलब सुविधा वृद्धिको प्रस्ताव नगरिएको बताउनुभयो ।
बजेटबाट राजपत्रांकित कर्मचारीको तलब १८ प्रतिशत र राजपत्र अनंकित कर्मचारीको तलब २० प्रतिशतले वृद्धि गरिएको छ। उनीहरुको वृद्धि भएको तलब संरचना तय भए पनि उच्च पदस्थ राजनीतिक व्यक्तिको तलब वृद्धिबारे अहिलेसम्म प्रस्ताव नै अघि बढाइएको छैन।
सरकारले प्रस्ताव अघि नबढाएसँगै राष्ट्रपति, उपराष्ट्रपति, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष तथा सांसदहरु र संवैधानिक निकायका अध्यक्ष एवं सदस्यहरुको तलब बढ्नेछैन।