असार २२ बाट सुरु भएको नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक जारी छ । पहिले निर्वाचनको समीक्षा गर्न बसेको बैठक जति लामो थियो यो पनि त्यसतर्फ नै उन्मुख भएको देखिन्छ । सरकारप्रति आम तहमा नै नै तीव्र असन्तुष्टि प्रकट भइरहेको र परिवर्तन देखाउने ठोस काम नगरेको भनी सरकारमाथि चौतर्फी आरोप लागिरहेको बेला कांग्रेसको यो बैठक चलिरहेको छ ।
यो बैठक सुरु हुनु केही अघिमात्र आफ्नो धर्म, संस्कृतिमाथि हस्तक्षेप गर्न खोजियो भन्दै खासगरी उपत्यकामा जस्तो जनप्रदर्शन भयो, अभूतपूर्व रूपकै, स्वाभाविक छ सडकमा आएको योे मानवसागर सरकारको कामको पछिल्लो जनमत पनि थियो । सरकारले त्यो प्रदर्शनीलाई बिर्सिएजस्तो गरेको देखियो । यो विधेयकको विरोधको केन्द्र माइतीघर मण्डला थियो भने यतिबेला पनि त्यो मण्डला आन्दोलित नै छ, लामै समयदेखि ।
विषय चाहिँ समावेशिताको रह्यो । प्रमुख प्रतिपक्षी दलको हैसियतमा कांग्रेसले बुझ्नुपर्छ ठूलो सानो जस्तो होस् यो जनमतले यतिखेर विपक्षलाई खोजिरहेको छ । गुठीमा हस्तक्षेप गर्ने सरकारको प्रस्तावले उनीहरूको मनमस्तिष्कलाई नराम्रैसँग खल्बल्याइदिएको थियो भने समावेशीलाई सरकारले नमानेको भन्दै संविधान मिचेको भन्दै लागेको आरोप पनि त्यस्तै हो । यद्यपि नागरिकको यस्तो विरोधपछि विधेयक त फिर्ता भयो तर राज्य समावेशी नभएको भन्ने कुरा भने यथावत् नै छ जसले दिनहुँ मण्डला भरिरहेको छ ।
सरकारले पछिल्लो समयमा पहिलो पटक यति ठूलो संख्याको नागरिक सडकमा उत्रिएको सन्दर्भमा विधेयक फिर्ता गरे बाहेक सरोकारवालासँग छलफलसमेत गरेको पाइएन भने त्यसपछि निरन्तर कायम रहेको अर्को विषयको पक्ष पनि त्यस्तै रह्यो । गुठी विधेयक फिर्ता लिएको अवस्था सरकारको वाध्यता थियो ।
त्यो प्रदर्शनी भएको दिनको बेलुका सम्माननीय प्रधानमन्त्रीज्यूको टेलिभिजनमा आएकोे अन्तर्वार्ता र यो विधेययक फिर्ता लिँदा माननीय मन्त्रीज्यूले जेजस्ता कुरा राख्नुभयो त्यसमा सडकमा उत्रिएका नागरिकलाई भ्रम खडा गर्न खोजेको भन्ने आरोप लागेको अवस्थाको खण्डन भएको छैन, सरकारबाट । त्यहीक्रममा आएको समावेशी नभएको भन्ने कुरा पनि वितेको लामो समयदेखि नै सडकमा नै छ ।
यहाँनेर विपक्षी दल कांग्रेसको भूमिका जोडिन्छ वा परिस्थितिले उसको सहयोग मागेको वा खोजेको बुझ्नुपर्छ खासगरी केन्द्र्रिय समितिको बैठक चलिरहेको बोलामा । कांग्रेसले त्यो विधेयकको जसरी सुरुदेखि नै नै विरोध गर्दै आएको थियो त्यही रूपमा हो समावेशीय व्यवस्थाको उल्लंघन भएको कुरा पनि । त्यसले पनि कांग्रेसको यो विषयमा अवको धारणा के होला भन्ने जिज्ञासा बढाएको हुनुपर्छ ।
कांग्रेसको अहिले चलिरहेको बैठक सुरु हुँदा त्यसलाई कांग्रेसको यो बेलासम्मको नयाँ प्रयोगबाट हुन लागेको भनिएको थियो । यो थियो आन्तरिक व्यवस्थापनको सन्दर्भ । बैठक सुरु हुँदा नै यसको भिन्नताका बारे भनिएको थियो, त्यो यसकारणले कि पहिले केन्द्रीय समितिको बैठक वस्थ्यो र त्यसले गरेका निर्णयहरूका बारे प्रवक्ताबाट जानकारी गराइन्थ्योे । योपटक प्रवक्ताबाट पहिले नै यो बैठकले निर्णय गर्ने प्रमुख विषय भनी सूत्रबद्ध रूपले नै विवरणहरू सार्वजनिक भएका थिए जो त्यसबेला उल्लेख भएका थिए ।
निश्चय नै यसले केही नयाँ संकेत गरेका हुन् । अबको गन्तव्य यस्तो हुन्छ भनी निर्धारण भएपछि स्वाभाविक छ एक अर्काप्रति कुनै शंका गर्नुपर्ने ठाउँ रहेछ भने त्यो आफैं मेटिन जानेछ जसले छलफललाई सौहार्द्रपूर्ण रूपले अघि बढाउन मद्दत गर्छ । यस्तो पहिले हुने गरेको थिएन । त्यसकारण यो नयाँ अभ्यास अतः यो बैठकप्रति नै आम कार्यकर्तालाई र कतिपय अवस्थामा समुदायलाई नै पनि जिज्ञासु बनाएको अवस्था थियो । एक महिना अघि भनिएको कुरा एकपटक फेरि सम्झनामा राखियोस्, सोअनुसार मार्ग तय गरियोस् भन्नका लागि दोहो¥याइयो–
१. पार्टीको संशोधित विधानको अन्तिम टुंगो भएपश्चात् केन्द्रीय समितिले विधानको कार्यान्वयनका लागि आवश्यक नियमावली संशोधन गर्न गठन गरेको मस्यौदा समितिले आगामी बैठकमा आफ्नो प्रतिवेदन प्रस्तुत गर्नेछ । बैठकले नियमावली पारित गरेपश्चात पार्टीका सबै तहको संरचना निर्माण गर्न मार्ग प्रशस्त हुनेछ ।
२. जागरण अभियानको प्रथम चरणका अनेक उद्देश्यमध्ये संशोधित विधानलाई स्थानीय तहसम्म पार्टी पंक्तिमा व्यापक सुसूचित गर्ने उद्देश्य पनि एक थियो । विधान बुझाउने चरणमै विधान अनुरूपको संरचना प्राप्त हुने कार्यक्रम निर्धारित थिएन । दोस्रो चरणको जागरण अभियान पूर्व नै विधान अनुरूपको सबै संरचना निर्माण गरिने घोषणा वैशाख ३० गतेको पत्रकार सम्मेलनमार्फत भइसकेको छ ।
३. नेपाली कांग्रेसको विधानको धारा ७२ को ४ ले पार्टी संगठनको अन्तरिम व्यवस्थाबारेमा प्रष्ट व्यवस्था गरेको छ । नेपालको संविधान बमोजिमका नवीन संरचनाहरू पार्टीको विधानले निर्दिष्ट गरेको प्रष्ट व्यवस्था अनुरूप नै गठन हुनेछन् । सोभन्दा बाहिर सभापतिले तदर्थ समिति गठन गर्न चाहेको भन्ने अभिव्यक्ति र समाचारहरू विल्कुलै निराधार यसकारण पनि छ कि नेपाली कांग्रेसको विधानमा पार्टीको नवीन संरचनाहरू गठनका लागि तदर्थ समितिको कुनै प्रावधान छैन ।
४. विधानले निर्दिष्ट गरेबमोजिम देशव्यापी रूपमा पार्टी संगठनको अन्तरिम व्यवस्था गर्दै नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियानको दोस्रो चरणमा प्रविष्ट हुनेछ । केन्द्रीय समितिको बैठक लगत्तै नेपाल विद्यार्थी संघलगायतका भ्रातृ संस्थाहरूबारे जरुरी निर्णय आवश्यक परामर्शपश्चात् हुनेछन् ।
५. नेपाली कांग्रेसलाई समयानुकूल सबल र सुदृढ गर्दै अघि बढ्न केन्द्रीय कार्यसमितिको आगामी बैठकले पारदर्शी छलफल र बहसमार्फत आवश्यक निर्णयहरू लिनेछ ।’ बैठक सुरु हुनुअघि भनिए जस्तो नेपाली कांग्रेसलाई समयानुकूल सबल र सुदृढ गर्दै अघि बढ्न केन्द्रीय कार्यसमितिको आगामी बैठकले पारदर्शी छलफल र बहसमार्फत आवश्यक निर्णयहरू लिनेछ भन्ने कुराप्रति नै हो आम कार्यकर्तामा यो बैठकले गरेका निर्णयहरूको बढीभन्दा बढी प्रतीक्षा गराएको पनि ।
यो बैठक चलिरहँदा त्योअनुसार निर्णय भएको छ कि छैन भन्ने जिज्ञासा बढ्ने नै भयो । बैठक चलिरहेको अवस्थाले विषयहरूको छिनोफानो हुन्छ भन्ने अपेक्षा भने बढाइनै रहेको छ, बैठक लम्बिए जसरी नै । यो विषयमा कार्यकर्तामा एउटै मत रहेको पाइन्छ– अब कुनै कुरा थातीमा रहन हँुदैन ।
यो बैठक चलिरहँदा सत्तारूढ दलबाट कांग्रेसलाई जनताको प्रमुख शत्रुका रूपमा चिनाउन खोजिएको छ आफ्नो राजनीतिक दस्तावेजमार्फत । यसका बारे यो बैठकले स्पष्ट पार्नुृपर्छ । पहिले पनि भनि सकिएको छ बहुलवाद नेपाली कांग्रेसको सिद्धान्त हो ।
यही सिद्धान्त अपनाएर नेकपा सत्तारूढ भएको हो । त्यसो हो भने कांग्रेसमाथि किन यस्तो आरोप लाग्यो ? केन्द्रीय समिति बैठकले यसको कडा जवाफ दिनुपर्छ । त्यसो भएन भने हेपिएको अर्थ लाग्ने छ । केन्द्रीय समितिमा अभिलेख भएकै होला मतको हिसाबले कांग्रेस अरू दलभन्दा कमको छैन । यस्तो बेला समान हैसियत रहेको कांग्रेसलाई जनताको साथ र समर्थन ठ्याम्मै छैन जस्तो गर्नु वास्तवमा नै अहम्ताको चरम हो ।
चुनावको मत परिणामलाई हेर्ने हो भने कांग्रेसप्रतिको जनसमर्थन घटेको देखिँदैन । २०६५ को संविधानसभा निर्वाचनमा २३ प्रतिशत मत प्राप्त गरेको कांग्रेसले २०७० सालको संविधानसभा निर्वाचनमा ३० प्रतिशत मत प्राप्त गरेको थियो भने गत निर्वाचनमा ३४ प्रतिशत मत प्राप्त ग¥यो । उल्लेखनीय रूपमा मत बढ्दै गर्दा प्राविधिक रूपमा सिट घटेको कारणले मात्र कांग्रेस सानो जस्तो देखिएको हुनुपर्छ । यसबेला समीक्षा गर्ने ठाउँ यही हो । अहिलेको समीक्षाले नै अबका दिन र गन्तव्य निर्धारण गर्छ । त्यसका लागि यो उपयुक्त समय हो । यस्तो समीक्षाले नै आफैंमा ऊर्जा भर्नेछ ।
कांग्रेसले प्राविधिक रूपले सिट कम हुँदा हीनतावोध गरेको आरोप लागिरहेको पाइन्छ जसले सैद्धान्तिक रूपमा सबल भए पनि कतिपय कुरामा अन्योल भएको जस्तो प्रतीत हुन्छ । यस्तो बेला कांग्रेसले आफैंलाई सम्झनुपर्छ अनि मात्र आत्मशक्ति सञ्चय हुन्छ । धेरै पटक भनिसकियो र फेरि पनि भन्नै पर्ने भयो– अहिले मुलुकमा जुन प्रकारको शासन व्यवस्था छ त्यो नेपाली कांग्रेसको स्थापनाकालको प्रस्ताव र लक्ष्य हो ।
नेपाली कांग्रेसको त्यही लक्ष्यमा मुलुकका सबै पार्टीहरू आइपुगेका छन् । अर्थात् नेपाली कांग्रेसले स्थापनाकालदेखि जुन सिद्धान्तका लागि लडाइँ गरेको थियो त्यो सिद्धान्त यतिबेला मुलुकका सबै पार्टीहरू आएका छन् । मुलुकमा नेपाली कांग्रेसको राजनीतिक सिद्धान्त तथा आर्थिक सिद्धान्त लागू हुनु तर नेपाली कांग्रेसको भूमिका कमजोर हुनु भनेको यहीनेर हो किन यस्तो भयो भन्ने मूल्ल्यांकन गर्ने ठाउँ पनि ।
मुलुकको शासन सञ्चालनको बागडोर पाएको वेला अथवा राजनीतिक नेतृत्व गर्ने अवसर पाएको बेला चुकेका कारण अहिले नेपाली कांग्रेसको भूमिका कमजोर भएको हो कि ? विश्लेषण गर्ने हो भने पनि यथार्थता त्यस्तो देखिँदैन । यो पक्षमा शुभचिन्तकहरूले बारम्बार सम्झाई नै रहेका छन । विगत ७५ वर्षको इतिहास हेर्ने हो भने नेपाली कांग्रेस आफ्नो जिम्मेवारी तथा भूमिकामा कहिल्यै असफल भएको देखिँदैन । नेपाली कांग्रेसका हरेक प्रधानमन्त्री तथा हरेक सभापतिहरूले केही न केही स्वरूपमा नयाँ इतिहास रचेका छन् ।
मुलुकमा युगान्तकारी परिवर्तनको नेतृत्व गरेका छन् । बीपी कोइरालाले के गर्नुभएको थियो भन्ने कुरा यहाँ उल्लेख गरिरहनु पर्दैन । सुवर्णशमशेरले मुलुकबाट जमिनदारी प्रथा उन्मूलन गरेको कुरा पनि त्यस्तै हो जसले समाजवादी ढाँचाको आर्थिक सिद्धान्त प्रारम्भ भयो र पछिल्लो संविधानले त्यसको प्राणप्रतिष्ठा नै गरिदियो भने हुन्छ । कृष्णप्रसाद भट्टराईको नेतृत्वमा पञ्चायती व्यवस्था उन्मूलन भयो । एक वर्षभित्रै नयाँ संविधान ल्याएर आम निर्वाचन गरायो ।
गिरिजाप्रसाद कोइरालाको पालामा गणतन्त्र आयो, संविधानसभाको निर्वाचन सम्पन्न भयो । सुशील कोइरालाको पालामा संविधानसभाद्वारा नयाँ संविधान निर्माण भयो, जुन काम सम्पन्न गर्न कम्युनिस्ट नेतृत्वका चार–चार वटा सरकार असफल भएका थिए । त्यसपछि शेरबहादुर देउवाको नेतृत्वमा तीन तहको निर्वाचन सम्पन्न भयो । यी भनेका सफलता नै सफलताको विरासत बोकेको अवस्था हो । यस्तो विरासत बोकेको दलले पछिल्लो समय मार्ग निर्धारण गर्न नसकेको हो कि भन्ने शंकालाई अवको बैठकले निर्मूलै बनाउनुपर्छ ।
यान दिनैपर्छ– समयले दबाब दिइरहेको छ । टिप्पणीकारहरूले कोट्ट्याउन थालेका छन् अबको समय कस्तो हो भन्नेमा । अब स्थानीय निर्वाचनको मिति आउन निर्वाचनका वर्ष बाहेक दुई वर्ष, प्रदेशसभाको निर्वाचनको मिति आउन साढे दुई वर्ष र प्रतिनिधिसभा निर्वाचनको मिति आउन तीन वर्ष बाँकी छ । यी करिब करिबका हिसाब हुन् ।
चालू वर्ष नेपाली कांग्रेसको महाधिवेशन वर्ष हो । आउँदो फागुनमा यसको चार वर्ष पुगेर पाँचौं वर्ष लाग्नेछ । यस्तो बेला कांग्रेसको महाधिवेशनबारे चासो बढ्ने नै भयो । स्वाभाविक छ अब आम कार्यकर्ताले कांग्रेसको महाधिवेशन र स्थानीय तहको निर्वाचनको समयको अन्तर खोज्छन् । महाधिवेशनका सन्दर्भमा आपसी चुनाव लड्दाको तुष स्थानीय तहको निर्वाचनमा पोखिन्छ । घात अन्तर्घात स्वाभाविक रूपमा बढ्छ । त्यसपछि नेपाली कांग्रेसको अवस्था कस्तो होला अनुमान गर्न सकिन्छ । यही हो समयको चापलाई ध्यान दिन आग्रह गरिएको ठाउँ पनि ।
प्रतिक्रिया