काठमाडौं । मलेसियामा आयोजना हुने ‘युथ फुटबल एण्ड लिडरसिप क्याम्प’मा सहभागी हुन २० सदस्यीय नेपाली टोली क्वालालम्पुर प्रस्थान गरेको छ ।
एसियाली फुटबल महासंघको सहयोग तथा सेल्टर आश्रय नेपालको आयोजनामा अघिल्लो महिना भएको दोस्रो राष्ट्रिय बालबालिका लिगमा उत्कृष्ट भएका दुई टिमका खेलाडी समावेश गरेको २० सदस्यीय टोली मलेसिया प्रस्थान गरेको हो । टोलीमा छात्र र छात्रातर्फ ९–९ खेलाडी समाबेश छन् । भोलिदेखि पाँच दिनसम्म चल्ने क्याम्पमा फुटबलको आधारभूत कुराहरु सिकाइने व्यवस्थापक सेल्टर आश्रय नेपालकी अध्यक्ष खुश्वु ओलीले जानकारी दिइन् । त्यससँगै समस्या समाधान, रणनीतिक विचार, मानसिक विकास, व्यक्तित्व विकास लगायतका कार्यशालाहरुमा पनि सहभागी गराइने बताइएको छ ।
प्रतिक्रिया