काठमाडाैँ । युरोपियन च्याम्पियन लिभरपुलको प्रि–सिजन प्रदर्शन खराब देखिएको छ । कम्युनिटी सिल्डको तयारीमा रहेको लिभरपुल आइतबार राति भएको मैत्रीपूर्ण खेलमा इटालियन क्लब नापोलीसँग ३–० ले स्तब्ध भएको छ ।
स्कटल्याण्डको मारीफिल्डमा भएको खेलमा नापोलीको जितमा तीनै गोलमा लोरेन्जो इनसिग्नीको भूमिका रह्यो । उनले व्यक्तिगत रुपमा गोल गर्दै नापोलीलाई सुरुवाति अग्रता दिलाए । त्यसपछि अ्रकाडिउस्ज मिलिकको गोलका लागि सहयोग गरे ।
यस्तै उनले एमिन युनेसको गोलका लागि पनि सहयोग गरे । लिभरपुल प्रि–सिजनका चार मैत्रीपूर्ण खेलमा जित बिहीन रह्यो । उसले आउँदो हप्ता कम्युनिटी सिल्डमा म्यानचेस्टर सिटीसँग प्रतिस्पर्धा गर्दैछ ।
प्रतिक्रिया