देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अदालतले छाडेको महिलालाई काँटी घोप्ने कार्कीलाई प्रहरीले फेरी समात्यो

देशान्तर

काटमाडौं । महिलामाथि श्रृखलाबद्ध काँटी आक्रमण गरेको आरोपमा पक्राउ गरेका सन्तोष कार्कीलाई जिल्ला अदालत, काठमाडौंले धरौटीमा छाड्न आदेश दिएको छ । तर ३ लाख धरौटीमा छुटेलगतै प्रहरीले उनलाई फेरि पक्राउ परेको छ । महानरीय प्रहरी वृत्त सोह्रखुट्टेको टोलीले कार्कीलाई पक्राउ गरी अभद्र व्यवहारमा मुद्दा चलाएको छ ।

यसअघि १२ असारमा पक्राउ परेका कार्कीमाथि महिलामाथि अपमाजनक व्यवहारको मुद्दा चलाइएको थियो । कार्कीले पकनाजोल, डल्लुलगायतका क्षेत्रमा चार जनामाथि काँटी तथा तिको वस्तुले आक्रमण गरेको स्वीकारेका थिए । महिलामाथि यसरी आक्रमण हुँदा काठमाडौं उपत्यकामा सिरिज आक्रमणको त्रास फैलिएको थियो ।