काठमाडौं । निर्माता छवि ओझा र नायिका शिल्पा पोखरेलविरुद्ध जिल्ला अदालत काठमाडौंले पक्राउ पुजी जारी गरेको छ । शिल्पा छविकि चौथी श्रमती हुन भने छवि शिलपाका दोस्रा पतिहुन ।
बहुविवाहको मुद्दा दर्ता भएपछि अदालतले उनीहरुविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । बुधबार छवि र शिल्पाविरुद्ध पक्राउ पुर्जी जारी भएको काठमाडौं जिल्ला अदालतको मुद्दा फाटका अधिकृत टीकासिंह खत्रीले जानकारी दिएका छन ।
छविकी पहिली श्रीमती हेमा ओझाले उनीहरुविरुद्ध बहुविवाहको निवेदन दिएकी हुन । सोही अनुसार जिल्ला अदालत काठमाडौंले छवि र शिल्पाविरुद्ध बहुविवाहको मुद्दा दर्ता गर्दै पक्राउ पुर्जी जारी गरेको खत्रीको भनाइ छ ।
महानगरीय प्रहरी परिसरका डीएसपी होविन्द्र बोगटीले छवि र शिल्पाविरुद्ध पक्राउ पुर्जी जारी भइसकेको जानकारी आएको बताए । आजै उनिहरुलाई पत्राउ गरिने भएको छ ।
..
फिल्म निर्माता छविराज ओझाविरुद्ध जेठी पत्नी हेमाले बहुविवाहको मुद्दा हालेकी हुन । उनले छविकी कान्छी पत्नी शिल्पा पोखरेललाई पनि विपक्षी बनाएकी छन् । जेठीसँगको सम्बन्ध नतोडिकन शिल्पालाई घर भित्र्याएपछि हेमाले उनीहरूविरुद्ध प्रहरी परिसर गौशालामा बहुविवाहको मुद्दा दायर गरेकी थिइन् ।
तर आफूहरूको झगडाको विषयमा छविराजले रातको १२ बजे पत्नी शिल्पालाई लेखेको चिठीमा भने उनले विगतका आफ्ना तीन श्रीमतीलाई पारपाचुके गरेपछि शिल्पासँग विवाह गरेको उल्लेख गरेका छन् ।
शिल्पाले छविसँग अंशसहित पारपाचुके मागिरहँदा हेमाले पतिविरुद्ध मुद्दा दायर गरेकी हुन् । यदि जेठी पत्नीको पक्षमा फैसला भयो भने बहुविवाहको कानुनअनुरूप छवि र शिल्पालाई एकदेखि पाँच वर्षसम्म जेल सजाय र १० देखि ५० हजारसम्म जरिवाना हुन सक्छ ।
छविकी पहिली पत्नीबाट दुई छोरा राजीव र महेश छन्। उनी छोराहरूको साथमा शंखमूलमा बस्दै आएकी छिन् । हेमापछि छविले फिल्म नाताकी नायिका गीताञ्जली सुनुवारसँग विवाह गरेका थिए । विवाह गरेको केही समयपछि सुनुवारले आत्महत्या गरेकी थिइन् । सुनुवारतिरबाट छविका एक छोरा साकार छन । उनी पनि फिल्म क्षेत्रमै सक्रिय छन् ।
गीताञ्जलीको मृत्युपछि फिल्म हिरो बनाउने क्रममा त्यसै फिल्मबाट डेब्यु गरेकी नायिका रेखा थापासँग छविले बिहे गरका थिए । रेखासँगको सम्बन्ध पनि लामो समय टिक्न सकेन ।
रेखाबाट भने कुनै सन्तान भएका छैनन् । त्यसपछि छविले आफैंले निर्माण गरेको फिल्म लज्जाबाट डेब्यु गराइएकी शिल्पासँग २०७३ सालमा विवाह गरपनि विवाह दर्ता भने २०७५ साल पुस ११ गते भएको भेटिएको छ ।
आफूलाई कानको जाली फुट्ने गरी कुटेको र पटकपटक यातना दिएको भन्दै असार ८ गते शिल्पाले छविलाई छोडेर गएकी थिइन्। उनले छविविरुद्ध असार २२ गते प्रहरी परिसर टेकुमा घरेलु हिंसा भएको भन्दै सुरक्षाका लागि उजुरी दिएकी थिइन् ।
प्रतिक्रिया