एजेन्सी । भारतीय चर्चित नायिका सोनाक्षी सिन्ह बेलाबेलामा विबादमा आइरहने बलिउड सुन्दरीमध्येकी एक हुन् । बलिउड सुपरस्टार सलमान खानले चलचित्र दबंगबाट बलिउडमा डेब्यू गराएपछि चर्चामा रहेकी यि सुन्दरी भारतीय चर्चित कलाकार शत्रुधन सिन्हाकी छोरी हुन् । उनै सुन्दरी सोनाक्षीले अभिनय गरेको पछिल्लो चलचित्र ‘खानदानी शफाखाना’ माथि रोक लगाउन माग गरिएको छ । उनको चलचित्रलाई प्रर्दशनमा रोकको माग गर्दै दिल्लीका सेक्सोलोजिस्ट डा। बिजय एबटले उच्च अदालतमा स्टे अर्डर दाबी गर्दै फिल्ममाथि रोक लगाउन निवेदन दिएको बिबिसीले उल्लेख गरेको छ ।
भारतीय अनलाइन अमर उज्यालाका अनुसार चलचित्र ‘खानदानी शफाखाना’ ले डा विजयका बुवा डा हकिम हरि किशन लालका चर्चित र ख्यातिप्राप्त पारम्परिक खानदानी शफाखानालाई अवैध रुपमा प्रस्तुत गरेको साथै कपि राईटको समेत उल्लघन गरेको भन्दै उनले अदालतमा चलचित्रमाथि प्रतिबन्ध लगाउनु पर्ने माग राखीएको हो ।
अन्तराष्ट्रिय समाचार एजेन्सीहरुका अनुसार डाक्टरले टी सीरीज र फिल्मका निर्देशकलाई समेत चलचित्र प्रति आपत्ति जनाउदै पत्र पठाएका छन। जुन चलचित्र अगस्ट २ बाट प्रदर्शनमा आउने तयारीमा रहेको छ । चलचित्रमा सुन्दरी सोनाक्षीले सोक्सोलोजिस्टको भूमिका निर्वाह गरेकी छिन । जहाँ उनि एक खानदानी सफाना नामक क्लिनिक संचालन गरेर बसेको दृश्यलाई गज्जबसँग देखाइएको छ ।
प्रतिक्रिया