काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी भित्रका तत्कालीन माओवादीका नेताहरुले पार्टीको स्कूल विभागमा आफ्नो पक्षको अडान कायम राख्ने भएका छन् ।
तत्कालीन माओवादी पक्षका नेताहरुको बिहान बसेको बैठकमा स्कूल विभागमा रहँदै आएको अडानमा कायम रहने निर्णय गरेको हो ।नेकपाको सचिवायल बैठक दिउसो १ बजे बस्दैछ । सो बैठकमा सहमति हुन बाँकी रहेको स्कूल विभागको नेतृत्वको सम्बन्धमा छलफल हुनेछ ।
अधिकांश विभागको नेतृत्वका सम्बन्धमा मौखिक सहमति भए पनि स्कूल विभागमा तत्कालीन एमाले र माओवादीको दाबी कायम रह्यो । विभागको नेतृत्वमा ईश्वर पोखरेल र नारायणकाजी श्रेष्ठको अडान रहेको छ । श्रेष्ठको पक्षमा तत्कालीन माओवादीका नेताहरु एक भएर प्रस्तुत हुने भएका छन् । यस्तै प्रचण्ड निवासमा बसेको बैठकमा आफ्नो भागमा परेका जिल्ला इन्चार्ज र सहइन्चार्जको टुंगो पनि लगाएका छन् । यस्तै आफ्नो भागमा परेका विभागको नेतृत्वका सम्बन्धमा पनि निर्णय भएको नेताले जानकारी दिएका छन् ।
प्रतिक्रिया