देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कामदार पठाउनेमा द रिभर ओभरसिज फेरि पनि पहिलो स्थानमा

देशान्तर

काठमाडौं । वैदेशिक रोजगारीमा विविध प्रतिकूलताका बाबजुद आर्थिक वर्ष २०७५÷७६ मा पनि वैदेशिक रोजगारीमा कामदार पठाउने उत्कृष्ट म्यानपावर कम्पनीको सूचीमा द रिभर ओभरसिजले पहिलो स्थान हासिल गरेको छ ।

आर्थिक वर्ष २०७३÷७४ र २०७४÷७५ मा पनि द रिभर ओभरसिज सबैभन्दा धेरै कामदार विदेश पठाउने सूचीमा पहिलो नम्बरमा थियो ।

तर विडम्बना दर्ता भएकामध्ये आधाभन्दा बढी म्यानपावर कम्पनीले गत वर्ष सय युवालाई पनि वैदेशिक रोजगारीमा पठाउन सकेनन् ।

वर्षमा औसत एक सयदेखि दुई सयसम्मलाई वैदेशिक रोजगारीमा नपठाए खर्च धान्न गाह्रो हुने व्यवसायीले बताइरहेको बेला आर्थिक वर्ष २०७५÷७६ मा आधाभन्दा बढी म्यानपावरले सयजनालाई पनि विदेश पठाउन सकेनन् ।

वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०७५÷७६ मा एक हजार ८१ म्यानपावरले वैदेशिक रोजगारीको काम गर्दा पाँच सय ६३ ले सयजनालाई पनि विदेश पठाउन नसकेको पाइएको छ ।

विभागमा दर्ता भएका म्यानपावरको संख्या साढे चौध सय हाराहारीमा छ । सरकारले निर्धारण गरेअनुसार नै विदेश जाने कामदारसँग शुल्क लिने हो भने दर्ता भएका आधा म्यानपावर सञ्चालन हुन नसक्ने अवस्थामा पुगेको व्यवसायीको भनाइ छ ।

सरकारले चार वर्षअघि खाडीका ६ मुलुक र मलेसिया जाने कामदारसँग १० हजार रुपैयाँँभन्दा बढी रकम लिन नपाउने निर्णय गरेको छ । विभागका अनुसार गत आर्थिक वर्ष दुई सय ९४ म्यानपावरले दुई सय युवालाई वैदेशिक रोजगारीमा पठाए । तीन सयलाई विदेश पठाउने म्यानपावरको संख्या एक सय ८३ छ ।

९३ म्यानपावरले पाँच सय युवालाई वैदेशिक रोजगारीमा पठाएका छन् । कामदार समस्यामा पर्दा उद्धार गर्न तथा म्यानपावर सञ्चालन गर्न राखेको धरौटीको ब्याज तिर्न र कम्पनीलाई सहज रूपमा सञ्चालन गर्न वर्षमा कम्तीमा पाँच सयलाई विदेश पठाउनुपर्ने व्यवसायीको भनाइ छ ।

विगतका वर्ष सबैभन्दा ठूलो गन्तव्य रहँदै आएको मलेसियालाई मन्त्रालयले १४ महिनादेखि बन्द गरेको छ । ०००००००००००००० भन्तनाले सेप्टेम्बरदेखि मलेसियाले बंगलादेशबाट कामदार लैजाने तयारी गरिरहेको उल्लेख गर्दै चाँडो मलेसिया रोजगारी सुरु नहुने हो भने त्यहाँको रोजगारी सधैंका लागि गुम्ने बताए ।

आर्थिक वर्ष २०७५÷७६ मा एक हजार युवालाई विदेश पठाउने म्यानपावरको संख्या २७ रहेको विभागले जनाएको छ । त्यस्तै दुई हजारभन्दा बढी युवालाई विदेश पठाउन सातवटा म्यानपावर मात्र सफल रहे ।

गत आर्थिक वर्ष द रिभर ओभरसिजले सबैभन्दा बढी युवालाई वैदेशिक रोजगारीमा पठायो । विभागका अनुसार त्यो म्यानपावरले वर्षभरि पाँच हजार दुई सय ५८ युवालाई विदेश पठायो ।

एसओएस म्यानपावरले चार हजार दुई सय ८१ लाई पठाएर दोस्रो स्थान कायम ग¥यो । गत आर्थिक वर्ष युवालाई वैदेशिक रोजगारीमा पठाउने म्यानपावरमा क्रमशः तेस्रो र चौथो प्याराडाइज (तीन हजार तीन सय २७) र भिजन एन्ड भ्यालु (दुई हजार तीन सय ६०) रहे ।

त्यस्तै अञ्जली ओभरसिजले दुई हजार एक सय १९, सान नेपालले दुई हजार २५ र नाकुरी म्यानपावरले दुई हजार २० युवालाई वैदेशिक रोजगारीमा पठाए ।

वैदेशिक रोजगारीमा जानेको संख्या घटेको बेला सरकारले आउँदो भदौ १६ देखि म्यानपावरको धरौटी वृद्धिको तयारी गरेको छ । हाल सात लाख रुपैयाँँ नगद र २३ लाख रुपैयाँँ बैंक ग्यारेन्टी राख्नुपर्ने प्रावधानलाई संशोधन गरी मन्त्रालयले वर्षमा तीन हजारसम्म युवा विदेश पठाउने म्यानपावरको हकमा ५० लाख रुपैयाँँ नगद र एक करोड ५० लाख धरौटी राख्नुपर्ने निर्णय गरेको छ ।

त्यस्तै तीनदेखि पाँच हजारसम्म युवा विदेश पठाउने म्यानपावरले एक करोड रुपैयाँँ नगद र दुई करोड बैंक धरौटी तथा वर्षमा पाँच हजार भन्दा बढी युवा विदेश पठाउने म्यानपावरले दुई करोड रुपैयाँँ नगद र चार करोड बैंक ग्यारेन्टी राख्नुपर्ने मन्त्रालयले निर्णय गरिसकेको छ । म्यानपावर व्यवसायी आम्दानीको दृष्टिकोणले वृद्धि गरिएको रकम निकै बढी भएको बताउँछन् ।