देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

इण्डोनेसियामा हिन्दुप्रति आकर्षण बढ्दो

देशान्तर

इण्डोनेसियाको जाभाकी राजकुमारी कान्जेङ्ग रादेन आयु महिन्द्रानी कूवीदयान्थी परामासी सन् २०१७ देखि हिन्दु धर्मावलम्बी भएकी छन् । उनले आफू लामो समयदेखि हिन्दू धर्मावलम्बी हुन चाहेको प्रतिक्रिया दिएकी छन् । उनलाई हिन्दू मन्दिरमा गएर प्रार्थना गर्दा शान्ति प्राप्त हुने बताउँछिन् । उनले इश्लामी धर्म छोडेर हिन्दू धर्म अपनाएकी हुन् ।

इण्डोनेसियाका प्रतिष्ठित मानिसमा पर्ने उनी सन् १९६१मा इटालीको रोममा जन्मेकी हुन् । संगीतलाई माया गर्ने र पियानोमा लत भएकी यी राजकुमारी कम्पोजर पनि हुन् । उनी जाभाको सुधी वादानी नामको परम्परागत सांस्कृतिक विधिका बीच सन् २०१७को जुलाई १७ बाट हिन्दु भएकी हुन् ।

हिन्दू धर्ममा लाग्नका लागि योे शुरुवाती प्रक्रिया हो । हिन्दू धर्म इण्डोनेसियामा अल्पसंख्यक समूहले मान्दै आएको धर्म हो । सन् २०१०को जनगणना अनुसार इण्डोनेसियामा १।७ प्रतिशत मानिस हिन्दू रहेकोमा बालीमा भने ८३ प्रतिशत हिन्दु छन् ।

अहिले आएर यो धर्मप्रति आकर्षित हुने मानिसको संख्या बढ्दै गएको बताइएको छ । सुधी वादानी नामको साँस्कृतिक विधिबाट राजकुमारीलाई हिन्दू पूजारी इदा सारी गलेह विकु श्री भगवान पुत्र नाथ नव वंश पेमायुनले हिन्दु बनाएका हुन् ।