नेकपा सम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियूले बाढी पहिरो र डुबान पीडितको उद्धार तथा राहत कार्यमा जुट्न सबै तहका कमिटीलाई निर्देशन दिएको छ ।
साथै ज्यान गुमाउने परिवारलाई ५ लाख, घरवारविहीन हुने परिवारलाई १ लाख र घाइतेहरुको निःशुल्क उपचारको प्रवन्ध गर्न पनि सरकारसँग अनेरास्ववियूले माग गरेको छ ।
संयोजक ऐन महरले आइतबार विज्ञप्ति जारी गर्दै संघ, प्रदेश र स्थानीय सरकारलाई कुनै कसर बाँकी नराखीकन एकीकृत रुपमा प्रभावकारी ढंगले राहत तथा उद्धार कार्यमा जुट्न अपिल गरेका छन् ।
कोशी ब्यारेजका ५६ वटै ढोका खोल्ने लगायतका कदम स्वागतयोग्य भन्दै अनेरास्ववियूले भारतीय बाँधका कारण तराईको भूभागमा हुने डुबानको समस्या स्थायीरुपमा समाधान गर्न समेत सरकार समक्ष माग गरेको छ ।
प्रतिक्रिया