श्रीलंकाका लागि नेपाली राजदूत प्राध्यापक डा। विश्वम्भर प्याकुरेलले राजीनामा दिएका छन् । आउँदो साउन १ गतेदेखि लागु हुने गरी राजदूत प्याकुरेलले राजीनामा दिएको परराष्ट्र मन्त्रालय उच्च स्रोतले जानकारी दिएको छ । अर्थशास्त्रमा विद्यावारिधी गरेका डा। प्याकुरेलले राजदूतमा नियुक्त हुनुअघि लामो समय प्राध्यापन गरेका थिए । उनी २०७४ को वैशाख २३ गते राजदूतमा नियुक्त भएका थिए । उनको चार वर्षे कार्यकाल सकिन अझै झण्डै दुई वर्ष बाँकी छ। उनी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री रहेका बेला राजदूतमा नियुक्त भएका हुन् । वर्तमान सरकार एकीकरण अघिको माओवादी कोटामा नियुक्त भएका बाहेक अरु राजदूतलाई फिर्ता बोलाए पनि प्याकुरेल र जापानका लागि राजदूत रहेका प्रतिभा राणालाई फिर्ता बोलाएको छैन । तर डा। प्याकुरेलले कार्यकाल बाँकी हुँदै राजीनामा दिएका हुन् ।
प्रतिक्रिया