एजेन्सी । आईसीसी विश्वकप क्रिकेटमा श्रीलंकाले टस जितेर अहिले भारत बिरुद्ध ब्याटिगं गरिरहेको छ । लिग चरणको ४४ औँ खेलमा भारत बिरुद्ध ब्याटिगं थालेको श्रीलंकाले यो समाचार तयार पार्दासम्म ३६ ओभरको समाप्तिमा ४ विकेट गुमाउँदै १६३ रनको योगफल तयार पारेको छ । प्रतिस्पर्धामा भारत यो खेल जित्दै अंकतालिकाको शीर्षस्थानमा पुग्ने सम्भावना कायम राख्न चाहन्छ भने सेमिफाइनल यात्राबाट बाहिरिइसकेको श्रीलंका अन्तिम खेलमा जित निकाल्दै घर फर्किन चाहन्छ । भारत १३ अंकका साथ दोस्रो स्थनमा रहेकाले आज विजयी भए १५ अंक पुग्ने छ ।
उता अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको खेलमा अस्ट्रेलिया विजयी भए भारत दोस्रो स्थानमै यथावत हुने छ ।यस्तो भएमा सेमिफाइनलमा शीर्ष स्थानको अष्ट्रेलियाले चौथो स्थानको न्यूजिल्याण्डसँग प्रतिपर्धा गर्दा दोस्रो स्थानको भारतले तेस्रो स्थानको इंग्ल्याण्डसँग खेल्नुपर्ने छ । यी दुई टोली अहिलेसम्म विश्वकपमा आठ पटक आमनेसामने भएका छन् । जसमा ४ पटक श्रीलंकाले जित्दा भारतले ३ पटक जितेको छ ।
प्रतिक्रिया