देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

श्वकप क्रिकेट : इंग्ल्याण्ड सेमिफाइनलमा, पाकिस्तानको सम्भावना कायम

देशान्तर

काठमाडाैँ । आयोजक इंग्ल्याण्ड एक दिवसीय विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । न्युजिल्याण्डमाथि ११९ रनको जित निकाल्दै इंग्ल्याण्डले सेमिफाइनलमा स्थान पक्का गरेको हो । इंग्ल्याण्डले प्रस्तुत गरेको ३०६ रनको लक्ष्य पछ्याएको न्युजिल्याण्डले ४५ ओभरमा सबै विकेग गुमाएर मात्रै १८६ रन बनायो ।

उसका लागि टम लाथमले ५७, रोस टेलरले २८ तथा केन विलियम्सनले २७ रन बनाउनु बाहेक अरुले राम्रो गर्न सकेनन् । इंग्ल्याण्डका मार्क वुडले तीन विकेट लिए ।

यसअघि पहिले ब्याटिङ्ग गरेको इंग्ल्याण्डले ८ विकेटको क्षतिमा ३०५ रन बनायो । इंग्ल्याण्डको जितमा जोनी बेयरस्टोको भूमिका महत्वपूर्ण रह्यो । उनले ९९ बलमा १५ चौका र एक छक्काको सहयोगमा १०६ रन बनाए ।

यस्तै ज्यासन रोयले ६० तथा कप्तान इयान मोर्गनले ४२ रन बनाए । जितपछि तेस्रो स्थानको इंग्ल्याण्डको ९ खेलबाट १२ अंक भएको छ । चौथो स्थानको न्युजिल्याण्डको ९ खेलबाट ११ अंक छ ।

अब सेमिफाइनलमा पुग्ने एक टिमको टुंगो लाग्न बाँकी छ र यसमा सम्भावना न्युजिल्याण्ड र पाकिस्तानको छ । पाकिस्तानले शुक्रबार बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । यो खेल जितेमा पाकिस्तानको पनि ११ अंक नै हुनेछ ।

न्युजिल्याण्ड र पाकिस्तानको ११–११ अंक भएको अवस्थामा रन रेटका आधारमा अन्तिम चारमा पुग्ने टिमको टुंगो लाग्नेछ । अहिले न्युजिल्याण्डको रन रेट –०.१७५ र पाकिस्तानको –०.७९२ छ ।