देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कुलेखानी तेस्रो जलविद्युत् आयोजनाले साउन पहिलो हप्तादेखि विद्युत् उत्पादन गर्ने

देशान्तर

हेटौँडा- उत्तरी मकवानपुरको भीमफेदी गाउँपालिका–१ स्थित सानुटारमा रु चार करोड ५० लाखको लागतमा निर्माण गरिएको कुलेखानी तेस्रो जलविद्युत् आयोजनाले आगामी साउन पहिलो हप्तादेखि विद्युत् उत्पादन गर्ने भएको छ । विद्युत्गृहमा बाँकी उपकरण र तार जडान गरिएपछि छिट्टै विद्युत् उत्पादन गरी मुख्य प्रसारण लाइनमा जोड्ने लक्ष्य रहेको आयोजनाले जनाएको छ । भँैसेस्थित कुलेखानी दास्रो आयोजनाबाट निस्किएको पानीलाई चार किलोमिटर सुरुङ मार्गबाट ल्याई सफलतापूर्वक विद्युत्गृहमा राखी परीक्षण उत्पादन गरिएको आयोजनाले जनाएको छ । चौध मेगावट क्षमताको सो आयोजना नेपाल विद्युत् प्राधिकरणको रु चार अर्ब ५० करोडको लागतमा निर्माण गरिएको हो ।

चिनियाँ प्राविधिक टोलीले यही असार महीनाभित्र विद्युत्गृहको बाँकी काम केही दिनभित्र सक्ने र नियमित विद्युत् उत्पादन हुने आयोजनाका प्रमुख सुवास मिश्रले जानकारी दिनुभयो । तोकिएको समयभन्दा ढिला हुनाको मुख्य कारण ठेकेदार कम्पनी जिम्मेवार रहेको बताउँदै उहाँले यसलाई पूरा गर्न धेरै मेहनत गर्नुपरेको जानकारी दिनुभयो । विद्युत्गृह नियमित सञ्चालनमा आउने भएपछि स्थानीयवासी पनि खुशी भएका छन् ।