देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

विष्फोटक ब्याटिगं गर्दै श्रीलंकाले वेष्ट इण्डिजलाई दियो ३३९ रनको विशाल चुनौति

देशान्तर

काठमाडौँ । विश्वकप क्रिकेटमा श्रीलंकाले वेष्ट इण्डिजलाई ३३९ रनको विशाल चुनौति दिएसँगै वेष्ट इण्डिज दबाबमा देखिएको छ । निर्धारित ओभरमा श्रीलंकालले ६ विकेट गुमाएर ३३८ रन बनाएको हो । टस हारेर पहिला ब्याटिङ गरेको श्रीलंकाले दमदार सुरुवात गर्दै उसका लागी डिमुथ करुनारत्ने र कुशल परेराले ९३ रनको साझेदारी गरेका थिए । ३२ रन बनाएका करुनारत्नेलाई १५।२ ओभरमा वेष्ट इण्डिजका जेसन होल्डरले विकेटकिपर साइ होपको हातबाट क्याच आउट गराए ।

आईसीसी विश्वकप क्रिकेटमा श्रीलंकाले वेष्ट इण्डिजलाई ३३९ रनको फराकिलो चुनौती दिएको छ । सुरुवातदेखि नै वेष्ट इण्डिज बिरुद्ध आक्रामक खेल प्रदृशन गरेको उसले निर्धारित ओभरमा ६ विकेट गुमाएर ३३८ रनको विशाल योगफल तयार पार्न सफल भएको हो ।

आक्रामक पारि खेलेका परेरा ६४ रन बनाएर रन जोडे, अभिष्का फर्नान्डोले श्रीलंकाको स्कोर बार्डमा रन थप्ने काम गरे । उनले १०३ बलमा १०४ रन बनाउँदै टिमको स्कोर ३१४ रन पुर्‍याउन मद्दत गरे । फर्नान्डो सेल्डन कोट्रेलको बलमा आउट भएका थिए । कुशल मेन्डिसलाई ३९ रन तथा म्याथ्युज २६ रन बनाएर आउट भएको खेलमा श्रीलंकाले गज्जबसाग खेल्दै ३३९ रनको विशाल चुनौती दिएपछि एक खेलमात्र जितेको वेष्ट इण्डिज दबाबमा देखिएको छ ।