आईसीसी एकदिवशीय विश्वकप क्रिकेटमा आज श्रीलंका र वेष्ट इण्डिजबीच प्रतिस्प्रर्धा भइरहेको छ । टस हारेर ब्याटिगंको निम्ता पाएको श्रीलंकाले मध्यम स्तरको प्रर्दशन जारी राखेको छ । श्रीलंकाका कुशल पनेराले शानदार खेल खेल्दै ५१ बलमा ८ चोकाको मद्धतले ६४ रन जोड्न सफल भए भने दिमुथ करुनअर्थेले ४८ बलमा ४ चौकाको मद्धतले ३२ रन जोड्न सफल भए । यो समाचार तयार पार्दसम्म श्रीलंकाले २९ ओभरको समाप्तिमा २ विकेट गुमाउँदै १७९ रनको योगफल तयार पारेको छ ।
इंग्ल्याण्डलाई २० रनले पराजित गरेसँगै विश्वकपको सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको श्रीलंकाले पछिल्लो खेलमा दक्षिण अफ्रिकासँग ९ विकेटको फराकिलो हार ब्यहोरेको थियो । ७ खेलबाट ६ अंक जोडेको श्रीलंकाले बाँकी दुवै खेलमा जित हासिल गरेर मात्र हुँदैन अन्य टोलीको नतिजामा पनि भर पर्नुपर्छ । पहिलो खेलमा पाकिस्तानलाई हराएर विश्वकपमा सानदार सुरुआत गरेको वेष्ट इण्डिजले भने त्यसयता कुनै खेल जित्न सकेको छैन ।
प्रतिक्रिया