देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

परराष्ट्रमन्त्री ज्ञवाली आज बेइजिङ भ्रमणमा जाँदै

देशान्तर

काठमाडौँ ।  परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली उच्चस्तरीय भ्रमणको पहलका लागि आज बेइजिङ जानुहुने भएको छ । ६ दिने भ्रमणका लागि उहा आज चीनतर्फ प्रस्थान गर्न लाग्नुभएको हो ।
चीनको डालियनामा हुने १३ औं वल्र्ड इकोनोमी फोरमको वार्षिक बैठकमा सहभागी हुन त्यसतर्फ जान लाग्नुभएको हो । वार्षिक बैठकमा सहभागी भएपछि उहा बेइजिङ पुग्ने र त्यहाँ उच्चस्तरको राजनीतिक छलफल गर्ने परराष्ट्र अधिकारीले जानकारी दिनुभयो ।
चीनबाट नेपालतर्फ उच्चस्तरको भ्रमणको पहल गर्ने अधिकारीले बताए । बेइजिङमा उहाले चिनियाँ समकक्षी सहित अन्य राजनीतिज्ञलाई पनि भेट गर्ने दूतावास स्रोतले जानकारी दिएको छ । उहाले चिनियाँ राष्ट्रपति सि चिनफिङको नेपाल भ्रमणलाई महत्वका साथ राख्ने तयारी गरेको मन्त्रालय स्रोतले जानकारी दिएको छ । उहाले द्विपक्षीय सहकार्य र सम्बन्धको विषयमा पनि वार्ता गर्ने परराष्ट्र अधिकारीले बताएका छन् ।
उहाले नेपाल–चीनबीच बेल्ट एन्ड रोड इनिसियटिभ अन्तर्गतको परियोजना, रेलको फिजिविलिटी अध्ययन लगायत विषयमा छलफल गर्नेछन् । तातोपानी नाका खुले पनि राम्रोसँग सञ्चालन हुन नसकेको विषय पनि त्यहाँ उठ्नेछ । यसअघि भएका सम्झौताको प्रगतिमा पनि छलफल हुने अधिकारीले बताए ।
चीनका लागि नेपाली राजदूत लीलामणि पौड्यालसमेत सहभागी हुने छलफलमा उच्चस्तरीय भ्रमणको पहल र समीक्षाको विषय समेटिने बताइएको छ ।