देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

लामो समयपछि बसेको नेकपाको सचिवालय बैठकमा किन गएनन् नारायणकाजी ?

देशान्तर

नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० सचिवालय बैठक बालुवाटारमा सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको यूरोप भ्रमणका कारण समयमा बस्न नसकेको बैठक आज बसेको हो । ढिलोगरी सुरु भएको बैठकमा पार्टीको राजनीतिक प्रतिवेदन, बाँकी जिल्लाको कार्य्विभाजनलगायत एजेण्डामा छलफल हुँदैछ ।

बैठकमा प्रधानमन्त्री एवम् अध्यक्ष ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल, महासचिव विष्णु पौडेल, वामदेव गौतम, रामबहादुर थापा बादल, ईश्वर पोखरेल लगायतका नेताहरुको सहभागी रहेको छ । जारी बैठकमा नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ भने अन’पस्थित छन् । पार्टी एकताको एक वर्ष बितिसक्दा पनि सत्तारुढ दल नेकपाले पार्टी एकीकरणलाई अन्तिम रुप दिन नसकेको समयमा आजको बैठकलाई विशेष रुपमा हेरिएको छ ।