देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

संसद् बैठकको शुरू, गुठी विधेयक फिर्ता गर्न कांग्रेसको माग

देशान्तर

काठमाडौँ ।  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज पनि गुठी विधेयक फिर्ता गर्न माग गरेको छ ।

प्रतिनिधिसभाको आइतवार बसेको बैठकको शुरूमै सभामुखसँग समय लिएर नेपाली कांग्रेसकी सांसद लक्ष्मी परियारले विधेयक फिर्ता नगरे सरकारका लागि महंगो पर्ने चेतावनी दिइन् ।

‘गुठीको विधेयक आफ्ना मान्छेलाई बाँड्नका लागि संस्कृतिमाथि गरिएको विधेयक स्वीकार्य छैन,’ परियारले भनिन् । सरकारले गुठीलाई जमिनको रूपमा व्याख्या गरेर संस्कृति परम्परामाथि आक्रमण गरेको आरोप लगाइन् ।

‘शक्ति र बल छ भन्दैमा फलाममा गएर मुठी बजार्दा हातमा घाउ लाग्ने मात्र होइन, क्यान्सर हुन सक्छ,’ उनले भनिन्, ‘संस्कृति र सभ्यतामाथिको आक्रमण क्यान्सरको रूपमा खडा हुनसक्छ ।’

पछिल्ला दिनमा नेपाली गुठी विधेयक फिर्ताको माग गर्दै संसदको बैठकको शुरूमा लगातार विरोध गरिरहेको छ ।