देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेकपा जागरण अभियानको तयारीमा 

देशान्तर

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाले देशव्यापी रूपमा जागरण अभियान सुरु गर्ने भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा रहेको सरकारले धेरै महŒवपूर्ण र प्रभावकारी कार्य गरेको भन्दै ती कार्य जनस्तर र कार्यकर्तासमक्ष सञ्चार गराउन नेकपाले जागरण अभियान सञ्चालन गर्ने तयारी गरेको हो ।
पार्टी एकताले अन्तिम रूप पाएलगत्तै केन्द्रदेखि गाउँसम्म नेकपाले जागरण अभियान सुरु गर्ने जनाएको छ । अहिले पार्टीका अधिकांश गतिविधि सुस्त छन् । एकता प्रक्रियाले अन्तिम रूप लिन नसकेकाले नेकपाको केन्द्रदेखि गाउँसम्मका महŒवपूर्ण गतिविधिमा सुस्तता आएको हो । एकता प्रक्रियालाई टुंगाएसँगै देशव्यापी जागरण अभियान सञ्चालन गर्ने तयारी थालिएको हो ।
नेकपा स्थायी कमिटीका सदस्य देवेन्द्र पौडेलले पार्टीले केन्द्रदेखि गाउँसम्म जागरण अभियान सञ्चालन गर्ने बताए । पार्टी एकतासम्बन्धी बाँकी काम टुंगो लगाउँदै पार्टीले छिट्टै नै देशव्यापी रूपमा जागरण अभियान सञ्चालन गर्ने तयारी गरेको उनले बताए ।
‘दुई ठूला कम्युनिस्ट पार्टीबीच एकता भयो तर लामो समयसम्म कार्यकर्ताका बीचमा पुग्न नसकिएकै हो,’ पौडेलले भने, ‘अब भने गाउँदेखि केन्द्रसम्म पार्टीले जागरण अभियान सञ्चालन गर्छ ।
नेकपा अध्यक्ष एवं प्रधानमन्त्री ओली युरोप भ्रमणबाट फर्किएपछि पार्टीको सचिवालय बैठक बसेर एकताका सबै कार्यलाई अन्तिम रूप दिइने तयारी गरिएको नेताहरुले बताएका छन् । ओली आज ९आइतबार० स्वदेश फर्कंदै छन् ।
अब बस्ने सचिवालय बैठकले एकतासम्बन्धी बाँकी काम टुंगो लगाउँदै देशव्यापी रूपमा जागरण अभियान सुरु गर्ने नेता पौडेलको भनाइ छ ।
एमाले र माओवादी केन्द्रबीच एकता भएपछि कुनै ठोस कार्यक्रम भएको छैन । प्रशिक्षण, भेला, बैठक, सभालगायतका विभिन्न कार्यक्रम लिएर गाउँगाउँसम्म पुग्ने योजना नेकपाले बनाउँदै छ । केन्द्रदेखि गाउँसम्म सरकारले गरेका राम्रा कामको प्रचार, पार्टी एकताको सन्देश दिनेलगायतका विषयमा जागरण अभियान केन्द्रित हुने कार्यक्रम बन्दै छ ।

नेकपा स्थायी कमिटीका सदस्य गणेश साहले पनि छिट्टै जागरण अभियान सञ्चालन हुने बताए ।