देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सरकारले संसद्को निर्देशन नमानेको भन्दै राजपाको विरोध

देशान्तर

काठमाडौं। राष्ट्रिय जनता पार्टीका सांसद लक्ष्मणलाल कर्णले काठमाडौंको माइतीघर मण्डलामा दिनहुँ आन्दोलन र जुलुस भइरहेको भन्दै संविधानको कार्यान्वनयमा गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा उनले सरकार र संवैधानिक निकायले संसद्को मर्यादा र गरिमाको उपहास गर्ने काम गरेको आरोप लगाए ।

‘संसद्को निर्देशन सरकारले नमान्ने, संसदीय समितिको निर्देशन लोकसेवा आयोगले नमान्ने हो भने त योभन्दा ठूलो उपहास संसद्को हुँदैन,’ सांसद कर्णले भने, ‘संसद्को गरिमा कायम नहुने र सांसदको आवाजको सुनुवाइ नहुने हो भने संसद्मा उभिएर बोल्नुको अर्थ रहँदैन ।’ उनले संसद् र संसदीय समितिका निर्देशन पालना गरेर संसद्को मर्यादा र गरिमा कायम राख्न आग्रह गरे । ‘लोकसेवा आयोगका सम्बन्धमा संसदीय समितिबाट गएको निर्देशनलाई लोकसेवा आयोगका अध्यक्षले मान्दिनँ भनिरहेका छन् । यो संसद्को उपहास हो कि होइन रु संसदले निर्देशन जारी गर्ने सरकारले नमान्ने,’ उनले भने, ‘सम्बन्धित मन्त्रीले पनि नमान्ने, लोकसेवा आयोग पनि नमान्ने भन्या छ भने लोकसेवा आयोगमाथि अर्को कुनै संस्था छ कि यही संसद् हो रु यही संसद्ले निगरानी गर्नेबाहेक अन्य कुनै संस्था बन्या छ रु’

संविधान प्रदत्त अधिकारको माग गर्दा दिनहुँ लाठी चार्ज गर्ने गरिएको भन्दै सांसद कर्णले ‘संविधानलाई के बनाउन खोजेको’ भनी प्रश्न गरे । ‘संविधानको मौलिक अधिकार मार्बलको अंगुर होइन । यो देखाउनलाई मात्रै बन्या होइन । यो संविधानलाई के बनाउन खोज्या हो रु यो मौलिक अधिकारलाई के बनाउन खोज्या हो रु,’ उनले भने, ‘राज्यले भन्दिनुप¥यो, यो त खाली देखाउनलाई लेख्याथ्यौं । पालना गर्न भन्या होइन । यो मार्बलको अंगुर हो नखाऊ । अहिले त टाउको फुट्या छ । दाँत पनि फुटेर जान्छ ।’ उनले संविधान संशोधन र संविधान कार्यान्वयनमा सरकार प्रतिबद्ध नभए संसद् छोडेर सडकसंघर्षमा उत्रने चेतावनी दिए ।

सांसद कर्णले संविधान संशोधन र संविधानको कार्यान्वयनमा गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराए । संविधान संशोधनको माग गर्नेहरू अहिले सरकारमा पनि र प्रतिपक्षमा पनि रहेको भन्दै उनले विगतको प्रतिबद्धतालाई नभुल्न चेतावनी दिए ।