काठमाडौं । नेप्से आज बुधबार पनि घटेको छ । आज नेप्से तीन दसमलव पाँच अंकले घटेर १२ सय ७२ दसमलव ४९ बिन्दुमा झर्दा सेन्सिटिभ पनि शुन्य दसमलव पाँच अंकले घटेर दुई सय ७२ दसमलव ३६ बिन्दुमा झरेको छ ।
एक सय ७४ कम्पनीहरुको छ हजार सात सय ९२ वटा कारोवारमा १८ लाख ७१ हजार आठ सय नौ कित्ता सेयर खरिद बिक्री भएकाछन । उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा कारोवार रकम ५० करोड २६ लाख ८२ हजार आठ सय ८१ रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १२ वटा समुहको कारोवार हुंदा तीन वटा समुहले कमाएकाछन भने नौ वटा समुहको गुमाएकाछन ।
प्रतिक्रिया