काठमाडौँ । नेपाली कांग्रेसका सांसद दिव्यमणी राजभण्डारीले वर्तमान सरकारले बजेट मार्फत ल्याएका धेरै विषयहरुमा तोकिएको खर्च कटौती गर्न आवस्यक भएको बताएका छन । सांसद राजभण्डारीले संघीय संसदमा खर्चकटौती सम्बन्धी प्रस्ताव राख्दै कर्मचारी देखि सांसद र मन्त्रीहरुलागि तयार गर्ने भनिएको सुविधा सम्पन्न भवनहरुको समेत उपदेयता नभएको बताएका छन ।
उनले आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको बजेट त्यसै पनि निरासा जनक भएको समयमा अनावस्यक क्षेत्रमा खर्च बढाउने काम गरेको भन्दै संसदमा खर्च कटौतीको प्रस्ताव गरेका हुन । राजभण्डारी हरेक महिना विभिन्न सुविधाहरु खाज्दै उपत्यका भित्रनेहरुको चापलाई नियन्त्रण गर्न प्रदेशमुखी कार्यक्रम ल्याएर उनिहरुलाई उतै सुविधा दिनपर्नेमा सरकारले त्यो काम पनि गर्न नसकेको बताएका छन् ।
उनले अव्यवस्थीत शहरलाई व्यावस्थीत बनाउन नसकेकाले यस क्षेत्रको बजेट पनि निरासा जनक रहेको भन्दै कतै आस गर्ने ठाँउ नभएको हुँदा कुन तरिकाले शहरको विकास भएको छ र सरकारले कसरी गर्दैछ भन्नेमा पनि निरास आएको बताए ।
राजभण्डारीले व्यवस्थीत शहरका लागि कुनै योजना विना बजेट आएको भन्दै यसमा पनि कटौती गर्नुपर्ने माग गरेका छन् । शम्यता र सुविधाका कारण यो बढको हो भने सरकारले त्यो तर्फ सोचेर अरु शरलाई पनि सुविधा सम्मपन्न बनाउनुपर्ने भन्दै बजेटमा खाली नयाँ कार्यक्रम मात्र राखिएका तर ,कार्यन्वयन नहुने मनसायले राखिएको उनको भनाइछ ।
उनले चालु आर्थिक वर्षमा कर्मचारीको सामान्य खर्च २ करोड ४० लाख देखिएको तर, आउदो वर्ष यो खर्च ९ करोड ४० लाख माथि पुग्ने देखिएकाले यसको बजेट पनि घटाउन माग गरेका छन । सरकारले अहिलेको गरेको तलव बृद्धिको अनुपातमा पनि सरकारी कर्मचारी खर्च २८ देखि ३० प्रतिशतमाथि नबढ्ने भन्दै उनले यसमा खर्च कटौती गर्नुपर्ने प्रस्ताव गरेका छन् ।
राजभण्डारीले पुर्व र कार्यरत पदाधिकारीहरुको खर्चमा पनि सरकारले छलेको भन्दै घुमाउरो तरिकाले पदाधिकारीको तलव बढाइएको तर, नदेखाइएको बताए । उनले अर्थमन्त्रालयले करार सेवाका लागि ठूलो रकम छुट्टाएको तर, यो केका लागि भन्दा आफ्ना कार्यकर्ताको लागि मात्र भएको भन्दै करार सेवाको खर्चपनि कटौती गर्नुपर्ने बताएका छन् ।
सरकारले सरकारी सम्पतीमा पनि उस्तै उदण्डाता देखाएको भन्दै उनले गुठीको जग्गामा हात हाल्नु सरकारको कम्जोरी भएको बताए । राजभण्डारीले सांसदको आवस बनाउने जग्गामा मन्त्रीहरुका लागि रकम विनियोजन गरिएको भन्दै सांसदको सम्पती अरुले लान नमिल्ने बताए ।
सांसदको ठाउमा मन्त्रीका विलासी भवन बनाउका नमिल्ने र मन्त्रीलाई पुल्चोकमै ठिक भएको उनको तर्क छ । उनले अर्बो रकम खर्च भएका भवन भत्काउने तर, नयाँ बनाउन नदिने चाला केहो ? भन्दै प्रदेश सरकारका प्रमुखका लागि अहिले घर बनाउनु आवस्यक नभएको र यो रकम दुरु पयोग हुने खतरा बढेको बताए ।
प्रतिक्रिया