देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

वेल्सको युरोकपमा छनौट हुने सम्भानाव साँघुरियो, जर्मनी र फ्रान्सको शानदार जित

देशान्तर

काठमाडाैँ । वेल्सको युरोकप फुटबलमा छनौट हुने सम्भावना कम देखिएको छ । युरोकप २०२० को छनौट चरण अन्तर्ग समूह एफ मा रहेको वेल्सले अहिलेसम्म भएका तीन खेलमा मात्रै एक खेल जितेको छ ।

मंगलबार राति भएको तेस्रो खेलमा वेल्स हंगेरीसँग १-० ले पराजित भयो । ८० औँ मिनेटमा माते प्याटकाईले हंगेरीका लागि गोल गरे । बुड्डापेस्टमा भएको खेलमा वेल्सको टिममा ग्यारेथ बेलसहितका खेलाडी थिए, तर उनले प्रभाव पार्न सकेनन् ।

लगातार तीन खेल जितेको हंगेरी ९ अंकसहि समूहको शीर्ष स्थानमा छ । यस्तै अजरबैजानलाई ५-१ ले पराजित गरेको स्लोभाकिया ६ अंकसहित दोस्रो र ६ अंक नै रहेको क्रोएसिया तेस्रो स्थानमा छ । तीन अंकसहित वेल्स चौथो स्थानमा छ र एक अंक पनि नजोडेको अजरबैजान पुछारमा छ ।

यस्तै समूह एच अन्तर्गत मंगलबार राति नै भएको खेलमा विश्व विजेता फ्रान्सले एन्डोरालाई ४-० ले पराजित गर्दै समूहको शीर्ष स्थानमा पुगेको छ । मंगलबार राति नै भएको खेलमा जर्मनीले इस्टोनियालाई ८-० ले हराएको छ ।

अरु खेलमा इटालीले बोसनिया हर्जगोबिनालाई २-१, उत्तरी आयरल्याण्डले बेलारुसलाई १-०, बेल्जियमले स्कटल्याण्डलाई ३-०, काजखस्तानले सान मारिनोलाई ४-०, अर्मेनियाले ग्रिसलाई ३-२, फिनल्याण्डले लिचेस्टाइनलाई २-०, अल्बानियाले माल्डोभालाई २-० तथा आइसल्याण्डले टर्कीलाई २-१ ले पराजित गरेका छन् ।