देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बेलायत पुगेर प्रचण्डलाई ओलीको यस्तो सन्देश

देशान्तर

काठमाडौं । आलोपालोको सहमति हातमा लिएर प्रधानमन्त्री बन्ने पालो कुरेर बसेका नेकपाका दोस्रो अध्यक्ष प्रचण्डलाई पहिलो अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले बेलायत पुगेर उक्त सहमति नमान्ने संकेत मिश्रित सन्देश दिएका छन् ।

सोमबार साझ लन्डन पुगे लगत्तै नेपाली प्रतिनिधिमण्डलसहित अक्सफोर्ड युनियनको एक कार्यक्रममा सहभागी भएका ओलीले त्यहाँ उठेको जिज्ञासाको जवाफ दिने क्रममा प्रचण्ड र आफूबीच आलोपालो प्रधानमन्त्री बन्ने सहमति भएको विषयमा संसदीय दल र पार्टीले निर्णय गर्ने बताए । संसदीय दलमा स्पष्ट बहुमत भएका ओलीले भैसकेको सहमतिलाई संसदीय दलले टुंग्याउँछ भन्नुले उनी उक्त सहमतिमा अहिले कायम नरहेको र सत्ता छाड्न तयार नरहेको संकेत गरेको छ ।

बेलायतको तीन दिने औपचारिक भ्रमणका क्रममा प्रधानमन्त्री केपी शर्मा ओली सोमबार साँझ लन्डन उत्रिएका हुन् । प्रधानमन्त्री ओली स्वीट्जरल्याण्डको जेनेभामा अन्तराष्ट्रिय श्रम संगठन (आइएलओ)को शत वार्षिकी समारोहलाई सम्वोधन गरेर बेलायत पुगेका हुन् ।

अर्का पार्टी अध्यक्ष प्रचण्डले भने आफू र ओलीबीच पाँच वर्षको अवधिमा अढाइ वर्ष सरकारको नेतृत्व गर्ने सहमति भएको बताउँदै आएका छन् ।