काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले प्रतिनिधि सभाको बैठक अवरुद्ध गरेको छ । सोमबारको बैठक सुरु हुनासाथ काँग्रेसका सांसदहरुले उठेर विरोध गरेपछि सभामुखले काँग्रेसका बालकृष्ण खाणलाई बोल्ने समय दिएका थिए ।
खाणले संसदमा बोल्दै सरकारले आइतबार माइतीघरमा गुठीको विरोध गर्नेहरु माथि पानीको पोहोरा सहित बर्बर आक्रमण गरिएको भन्दै आपत्ति जनाएका थिए । सरकारले आम रुपमा शान्तिपूर्ण भेलामा हुन पाउन पाउनेकी नहुने भन्ने प्रश्न प्रश्न उठेको बताए । गुठीलाई रैकर बनाउने विधेयक ल्याएकोमा समेत खाणले सो काँग्रेसले विरोध गर्ने बताए ।
आफ्ना कुरा राख्न माइतीघरमा जम्मा नभए कँहा हुने भन्दै सरकारले परम्परा र संस्कृति माथि आक्रमण गरेको आरोप लगाए । शान्तिपूर्ण प्रदर्शनमा गरिएको प्रदर्शनमाथिको हस्तक्षेपको भर्त्सना गर्दै आम नागरिकको शान्तिपूर्ण रुपमा भेला भएर विरोध गर्न पाउने अधिकारको हनन गरेको बताए । खाणले सरकारले यस विषयमा स्पष्ट नपारे सम्म संसद चल्न नसक्ने बताएका थिए ।
काँग्रेसका संसदहरुको विरोधकाबीच नेकपाकी संसद पम्फा भुसालले सरकारले गुठी विधेयकको शान्तिपूर्ण प्रदर्शनमा सरकारले हस्तक्षेप गरेकोमा आपत्ति जनाउदै सरकारको विरोध गरेकी थिइन् ।
त्यसपछि काँग्रेसका सांसदहरुले संसद अवरुद्ध भएको बेला छलफल अगाडी बढाएको भन्दै सभामुखले संसदको नियमावली अन्सुआर संसद नचलाएको भन्दै नियमापत्ति गरेका थिए । काँग्रेसका सांसदहरुको विरोधका बीच सभामुखले यस प्रकरणमा सरकारको धारणा राख्न भुमि सुधारमन्त्री पदमा कुमारी अर्याललाई बोल्ने मौका दिएका थिए ।
मन्त्री अर्यालले निधेषित क्षेत्रमा प्रदर्शन भएको बेला सरकारले हस्तक्षेप गरेको स्वीकार गर्दै संस्कृति र परम्परा जोगाउन सरकार सचेत रहेको दाबि गरिन । उनले मौलिकतालाई कायम राख्ने गरिने सरकारले विधेयक ल्याएको भन्दै विधयेक अध्ययन गर्न सांसदहरुलाई आग्रह गरेकी थिइन् ।
मन्त्री अर्यालको धारणा पछि काँग्रेसकी सांसद पुष्पा भुसालले सरकारले गुठियारको चित्त बुझाएर विधेयक ल्याउनु पर्नेमा सरकारको नियत खराब रहेको बताईन । जनताले आफ्ना कुराहरु सडकमा आएर बोल्न नपाउने प्रजातन्त्र नचाहिएको भन्दै आफ्नो संस्कृति जोगाउने शान्ति पूर्ण आन्दोलनमा बर्बरता देखाइएको प्रति आक्रोस व्यक्त गरेकी थिइन् ।
उनले गृहमन्त्रीले प्रदर्शनकारीमाथि किन आक्रमण गरियो भन्ने विषयमा जवाफ दिनुपर्ने भन्दै मन्त्रीको जवाफ नआएसम्म संसद चल्न नदिने बताइन् । काँग्रेसका सांसदहरुले लगातार उठेर विरोध गरेपछि बैठक १५ मिनेटका लागि स्थगित भएको थियो ।
प्रतिक्रिया