देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भारतका ‘बाइकिङ क्विन्स’ नेपालमा, खेलकूद मन्त्रीद्वारा स्वागत

देशान्तर

काठमाडौं । मोटर बाइकबाट विश्व भ्रमण गर्ने उद्देश्य बोकेर यात्रा गरिरहेका भारतीय महिलाहरुको टोली नेपाल आइपुगेको छ । भारतमा ‘बाइकिङ क्विन्स’को नामले चर्चित तीन महिलाको समूह विहीबार नेपाल आइपुगेको हो ।

‘बाइकिङ क्विन्स’ समूहमा डा. सारिका मेहता, जिनल साह, रुताली पटेल रहेका छन् । उनीहरुलाई काठमाडौंमा ‘वातावरण : जिउने आधार’ नामक संस्था शुक्रबार स्वागत गर्यो । संस्थाका अध्यक्ष आकाश चौहानको अगुवाईमा रिपोटर्स क्लवमा आयोजित एक विशेष कार्यक्रमका बीच संघीय सरकारका युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले स्वागत गरे ।

कार्यक्रममा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसकी सचेतक पुष्पा भुषाल, बरिष्ठ पत्रकार हरिहर विरही, कविर राणा, हिसानका अध्यक्ष रमेश सिलवाल, नयाँ विकल्प साप्ताहिक प्रधान सम्पादक दामोदर दवाडी, रिपोटर्स क्लवबा अध्यक्ष ऋषि धमला लगायतले उनीहरुलाई स्वागत गर्दै यात्राको सफलताको शुभकामना दिए । बाइकिङ क्विन्सकी डा. मेहताले आफूहरुको भ्रमणको मुख्य उद्देश्य छोरीलाई बचाउ, छोरीलाई पढाउ भन्ने अभियानलाई टेवा पुर्याउँदै विश्वमा शान्ति फैलाउनु रहेको बताइन् ।

५ जुनको दिन भारतबाट सुरु भएको उनीहरुको यात्रा ९० औं दिनको दिन बेलायत पुगेर समापन हुनेछ । यात्राको दौरान उनीहरुले तीन महाद्विप २५ राष्ट्रहरुको भ्रमण गर्नेछन् । यस दौरानमा उनीहरुले २५ हजार किलोमिटर यात्रा गर्ने बताइएको छ । नेपालबाट उनीहरु शनिबार चीनको तिब्बततर्फ प्रस्थान गरेका छन् ।

स्वागत कार्यक्रमको आयोजक संस्था ‘वातावरण : जिउने आधार’ले स्वच्छ वातावरण निर्माणको निम्ती विविधखाले सचेतना कार्यक्रम गर्दै आएको छ । वातावरण विज्ञान अध्ययनरत विद्यार्थीहरुद्वारा स्थापित संस्थाको उपाध्यक्षमा रुपक पटेल, महासचिव सम्झना गिरी, कोषाध्यक्ष करुणा काफ्ले, रोशनशन पटेल, जनसम्पर्क विभाग प्रमुख आशुतोष तिवारी, सह–सचिव प्रिन्स शाह तथा सदस्यहरूमा मिना थापा, सुमित गौतम, मिनिषा कार्की, ओमशान्ति थापा, राधिका कंडेल, अंजली कठायत, जितेन्द्र पटेल, आर्दश चौहान रहेका छन् ।