देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मिडिया काउन्सिल विधेयक अघि बढाए संसद र सडक अवरुद्ध पारिन्छ : सभापति देउवा

देशान्तर

काठमाण्डौ – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले मिडिया काउन्सिलसम्बन्धी विधेयक अघि बढाए संसद अबरुद्ध पार्ने चेतावनी दिएका छन् ।

सभापति देउवाले मानव अधिकार हनन् हुने गरी आएको लोकतन्त्र विरोधी मिडिया काउन्सिल विधेयक संसदबाट अघि बढाउन खोजे संसद र सडक दुवै अवरुद्ध पारेर आन्दोलन चर्काउन आफ्नो पार्टी बाध्य हुने पनि बताए ।

शुक्रबार पार्टीले ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै सभापति देउवाले सरकारले बालुवाटारलगायतका सार्वजनिक तथा गुठीको जग्गा नियन्त्रणमा लिएर पार्टीका सांसदहरुलाई दिने काम गरिरहेको आरोप लगाए । सरकारको त्यस्ता गतिविधि रोक्न पनि हाम्रो पार्टी लागिपर्छु, देउवाले भने ।

सभापति देउवाले सरकारले मिडियामाथि अंकुश लगाएर लोकतन्त्रलाई कमजोर बनाउने षड्यन्त्र गरिरहेको बताए । सरकारको हरेक कदम लोकतन्त्र र जनता विरोधी भएकाले आफ्नो पार्टीले प्रतिवाद गर्ने योजना तय गरेको सभापति देउवाको भनाइ छ ।