देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मानव संशाधन प्राथमिकतामा छ : अर्थमन्त्री

देशान्तर

काठमाडौं । अर्थमन्त्री डा.युवराज खतिवडाले मानवीय जनशक्तिलाई बलियो र स्वस्थ बनाउन सके मात्रै देशलाई आर्थिक समृद्धितर्फ लैजान सकिने बताउनुभएको छ ।

आज विश्व बैंकले काठमाडौंमा गरेको नेपाल–भुटान मानव संशाधनमा लगानी फोरम विषयक कार्यक्रममा अर्थमन्त्री डा.खतिवडाले विकासका लागि मानवीय क्षमतामा विकास गर्नुपर्ने बताउनुभयो । उहाले आर्थिक वर्ष २०७६÷७७ को बजेटमा पनि शिक्षा, स्वास्थ र खानेपानीलाई २१ देखि २२ प्रतिशतसम्म बजेट विनियोजन गरिएको जानकारी दिनुभयो । मन्त्री खतिवडाले शिक्षा र स्वास्थ्यमा लगानी गर्न सकेमा मात्रै दिगो विकास हुने भएकाले सरकारले सोहीअनुसारको नीति अबलम्बन गरेको धारणा पनि राख्नुभयो ।

कार्यक्रममा भुटानी अर्थसचिव निम दोर्जीले मानव विकासका लागि शिक्षा र स्वास्थको क्षेत्रमा लगानी गर्नु अत्यावश्यक भएको धारणा राख्नुभएको थियो ।