देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कोइराला निवासको सुरक्षामा नगर प्रहरी खटाइयो

देशान्तर

काठमाण्डौ । सुरक्षाका लागि विराटनगरमा रहेको कोइराला निवासमा खटिएका प्रहरीलाई फिर्ता बोलाएपछि अहिले नगरप्रहरी परिचालन गरिएको छ ।

२०५४ सालदेखि कोइराला निवासको सुरक्षामा खटिएको नेपाल प्रहरीको टुकडीलाई गत बिहीबार फिर्ता बोलाइएको हो । अहिले ऐतिहासिक निवासको सुरक्षाका लागि विराटनगर महानगरपालिकामा कार्यरत नगर प्रहरीलाई खटाइएको नगर प्रमुख भीम पराजुलीले जानकारी दिए ।

उनका अनुसार सुरक्षाकर्मीको उपस्थिति नहुँदा ऐतिहासिक धरोहर मानिएको कोइराला निवास असुरक्षित बन्ने भएकाले नगर प्रहरी खटाइएको हो । पण्डित कृष्णप्रसाद कोइरालाले निर्माण गरेको घर परिवारिक अंशबन्डामा शेखर कोइरालाको भागमा परेको छ । पुरानो डिजाइनको घर पछिल्लो समय शेखरले विराटनगर आएका बेला प्रयोग गर्दै आएका छन् ।