देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एजुकेशन कन्सल्टेन्सीको पर्याय अर्बिटमा तीन अनुभविको नेतृत्व

देशान्तर

काठमाडौं । करिब दुई अघि एजुकेशन कन्सल्टेन्सीको रुपमा उदाएर लोकप्रिय ब्रान्डको रुपमा स्थापित अर्बिटले नयाँ नेतृत्व पाएको छ । यसलाई हालसालै लेजेन्ठ कल्सल्ट्यान्टहरुले खरिद गरेर अझ सशक्त बनाउने अठोट कसेका छन् । नयाँ व्यवस्थापन आएसँगै अर्बिटलाई नयाँ ढंगले अगाडि बढाउनका लागि विभिन्न मार्केटिङका योजना अगाडि सारिएको छ । छलफललाई तीव्रता दिइएको छ । उच्च शिक्षाका लागि गन्तव्यहरु थप गरिँदैछ । काउन्सेलिङ र प्रोसेसिङका लागि समेत नयाँ ढंगले योजना बनाइएको छ । अर्बिटबाट ६० हजारभन्दा बढी विद्यार्थीले लाभ लिइसकेका छन् ।

अर्बिटमा ५० भन्दा बढी कर्मचारी काम गरिरहेका छन् । बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म १५ जनाभन्दा बढी शिक्षकहरुले निरन्तर विद्यार्थीको सेवा गरिरहेका छन् । अर्बिटको नयाँ व्यवस्थापनमा ३ जना सारथी प्रकाश पाण्डे, शेषराज भट्टराई र थीरलाल भट्ट आएका छन् । प्रकाश पाण्डे र थीरलाल भट्ट २०औं वर्षदेखि यही क्षेत्रमा लागेर अनुभवले खारिएका व्यक्तित्व हुन् । यसैगरी शेषराज भट्टराईसमेत छोटो समयमै यो क्षेत्रमा स्थापित नाम हो । ३ जान अनुभवी व्यवसायीहरु अर्बिटको लिगेसीलाई अगाडि बढाउने जिम्मेवारी लिएका छन् ।

प्रकाश पाण्डे एजुकेशन कन्सलटेन्सी क्षेत्रमा सबैभन्दा पुरानो र सबैभन्दा ठूलो संघ नेपाल शैक्षिक परामर्श संघ (इक्यान)का निर्वतमान अध्यक्ष हुन । पुतलीसडकमै मेट्स एजुकेशन कन्सलटेन्सी सञ्चालन गरिरहेका उनी बौद्धिक व्यक्तित्व मानिन्छन् । मिठो बोली र गहिरो राजनीतिक बुझाइ र सबैलाई मिलाएर लैजान सक्ने क्षमताका पाण्डे अर्बिटका सदस्य भएका छन् ।

सँगै उति नै मिठो स्वभाव र नम्र व्यवहारका धनी भट्टको आगामनले अर्बिट हौसिएको छ । ग्लोवल च्वाइस एजुकेशन कन्सलट्यान्टमा सञ्चालन गरिरहेका उनी र ३ जनाको नयाँ नेतृत्वको अर्बिटले सफलताको उँचो उडान भर्नेमा शेषराज भट्टराई विश्वस्त छन् ।

अर्बिटलाई नयाँ ढंगले अगाडि बढाउनका लागि विभिन्न मार्केटिङका योजना अगाडि सारिएको छ । छलफललाई तीव्रता दिइएको छ । उच्च शिक्षाका लागि गन्तव्यहरु थप गरिँदैछ । काउन्सेलिङ र प्रोसेसिङका लागि समेत नयाँ ढंगले योजना बनाइएको छ । विद्यार्थीको हित र भविष्यलाई सर्वोपरी राखी त्यसैमा काम गर्नका लागि टिम खडा गरिएको छ ।