देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रधानमन्त्री ओली दिल्लीमा, विदेश सचिवद्वारा स्वागत

देशान्तर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भारतको राजधानी नयाँ दिल्ली पुगेका छन् । छिमेकी देशको भारतको लोकसभा चुनावमा विजयी भएका भारतीय जनता पार्टी (भाजपा) का प्रधानमन्त्री उम्मेदवार नरेन्द्र मोदीले दोस्रो कार्यकालका लागि प्रधानमन्त्रीको शपथ लिने समारोहमा सहभागी हुन ओली त्यहाँ पुगेका हुन् ।

उनलाई भारतीय विदेश सचिव विजय गोख्लेले स्वागत गरेका थिए । दिल्ली स्थित नेपाली राजदूतावासका अनुसार प्रधानमन्त्री मोदीले भारतीय विदेश सचिव गोख्लेसँग विशेष वार्ता पनि गरेका थिए । उक्त वार्तामा नेपालका लागि भारतीय राजदूत मन्जिवसिंह पुरी र भारतका लागि नेपाली राजदूत निलाम्बर अचार्य पनि सहभागी थिए ।

मोदीले नेपालका प्रधानमन्त्रीसहित छिमेकी देशका सरकार प्रमुखलाई शपथ ग्रहण समारोहमा निम्ता दिएका छन् । प्रधानमन्त्री ओलीले भारत रहँदा राजनीतिक भेटवार्ता गर्ने कार्यक्रम पनि छ । प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ ग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री ओली बिहीबार दिउँसो भारत गएका हुन् । मोदीको सपथ ग्रहण कार्यक्रम बिहीबार साँझ हुँदैछ । प्रधानमन्त्री ओली भोलि शुक्रबार स्वदेश फर्किनेछन् ।