काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा ले जेठ २४ गतेबाट सुरु गर्ने दोस्रो चरणको राष्ट्रिय स्वाभिमान यात्रा मुक्तिनाथबाट सुरु भई गोरखामा समापन गर्ने भएको छ ।
जेठ २४ गते धार्मिक महत्वको स्थल मुक्तिनाथबाट शुरु गरी जेठ २७ गते ऐतिहासिक स्थल गोरखामा सम्पन्न गर्ने पार्टीका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।
दोस्रो चरणको कार्यक्रमको तयारीका लागि सोमबार मूल समितिको बैठक बसेको थियो । बैठकले ताप्लेजुङबाट शुरु भएको पहिलो चरणको मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्राको विभिन्न समितिलाई दोस्रो चरणमा पनि निरन्तरता दिने श्रेष्ठले बताए ।
राप्रपाले नेपाल सरकार समक्ष २२ बुँदे माग राखी जनसंघर्ष गर्दै आएको छ । राप्रपाको मागको विषयमा एक पटक सरकारसँग वार्ता पनि भएको छ । यसपटकको यात्रा ७ जिल्लामा धार्मिक अनुष्ठान, कोणसभा, आमसभा लगायतको विविध कार्यक्रमको आयोजना गरि गोरखामा सम्पन्न हुने राप्रपाले जनाएको छ ।
प्रतिक्रिया