विराटनगर । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले हाल प्रतिबन्धमा रहेको नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्व समूहले वार्तामा आउनका लागि अन्तिम गतिविधि गरिरहेका बताएका छन् ।
आइतबार राजधानीमा भएको बम विस्फोट र सोमबार भएको बन्द आह्वान विप्लव समूह वार्तामा आउनु अघिको अन्तिम गतिविधि भएको पनि प्रचण्डको भनाइ छ ।
सोमबार विराटनगर पुगेका प्रचण्डले विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै केही ठाउँमा बम विस्फोट हुँदा राजनीतिक स्थिरता नडगमगाउने पनि बताए ।
‘यो विस्फोट, बन्द आदि शायद प्रकारान्तरले वार्ताको वातावरण बनाउनकै लागि गर्नुभएको हो कि ?’ प्रचण्डले भने, ‘मैले चाहिँ त्यसरी पनि बुझेको छु ।’
प्रतिक्रिया