देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

शेयर बजार ओरालो, बजार राताम्य

देशान्तर

काठमाडौं । साताको पहिलो कारोवार दिन आईतबार नेप्सेमा दोहोरो अंकले गिरावट आएको छ । नेप्से आज ११ दशमलव ९३ अंंकले घटेर १३ सय दुुई दशमलव ६१ विन्दुुमा झर्दा सेन्सिटिभ इन्डेक्स पनि दुुई दशमलव ८२ अंकले घटेर दुुई सय ७७ दशमलव ५६ विन्दुुमा झरेको छ ।

एक सय ६५ कम्पनीहरुको नौ हजार दुुई सय ९४ वटा कारोवारमा २० लाख ५४ हजार दुुई सय ८६ कित्ता सेयर खरिद विक्री भएका छन् । उक्त परिमाणमा सेयर खरिद विक्री हुंदा कारोवार रकम ६२ करोड ६२ लाख एक हजार छ सय ६६ रुपैयाँ पुुगेको छ ।

नेप्सेमा आज ११ वटा समूहको कारोवार भएकोमा सबै समूहको सूचक ओरालो लाग्दा बजार पूरै रातो भएको छ ।