काठमाडौँ । सरकारले मिडिया काउन्सिल विधेयक संसदमा पेसगर्दै पत्रकारितामा अंकुश लगाउन खोजेको भन्दै आज (आइतवार) देखि नेपाल पत्रकार महासंघले आन्दोलनका कार्यक्रम घोषण गरेको छ ।
आइतवार दिउसो २ पत्रकार महासंघ,पूर्व पदाधिकार,कानुन व्यावसायी,नागरिक समाज लगायतलाई छलफलका लागि बोलाइएको पत्रकार महासंघका महासचव रमेश विष्टले जानकारी दिएका छन । उनले सवै सरोकारवालाहरुसंग छलफल गरेर कुन रुपको आन्दोलन सञ्चालन गर्ने भन्ने विषयमा छलफल हुने देशान्तरलाई बताएका छन ।
उता, पत्रकारहरुले नुवाकोटमा संचारमन्त्री गोकुलप्रसाद बास्कोटाको कार्यक्रम बहिष्कार गरेका छन् । आईतबार बिहान सदरमुकाम बिदुरस्थित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को कार्यालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रम पत्रकारहरुले बहिष्कार गरेका हुन् ।
प्रेस युनियन नुवाकोटका अध्यक्ष किरणप्रसाद अधिकारीका अनुसार नेपाली प्रेसलाई पूर्ण नियन्त्रित गर्ने र प्रेस तथा अभिब्यक्ति स्वतन्त्रता कुण्ठित हुने गरी संसदमा मिडिया काउन्सिल संबन्धि बिधेयक दर्ता गरिएको र प्रेस बिरोधी गतिबिधिहरु नियन्त्रणमा संचारमन्त्री बास्कोटा पूर्ण उदासीन रहेकाले बिरोधस्वरुप मन्त्रीको कार्यक्रम बहिष्कार गरिएको हो ।
अधिकारीले मिडिया काउन्सिल बिधेयकको बिरोधमा पत्रकार महासंघले संचालन गरेको आन्दोलनका कार्यक्रम नुवाकोटमा प्रभावकारी रुपबाट संचालन गर्न प्रेस युनियन प्रतिबद्ध रहेको समेत बताए ।
प्रतिक्रिया