देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

धेरै बाठा र मैहुँ भन्नेहरु सडकबाटै ढालेको इतिहाँस मरेको छैनः सभापति देउवा

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदमा भएको भनाभनपछि राष्ट्रपति, प्रधानमन्त्री र सभामुखको चर्को आलोचना गरेका छन् । उनले ‘कम्युनिष्टको नियत’ नै यस्तो भएको भन्दै कडा टिप्पणी गरेका छन् । बुधबारबाट सुरु भएको नेपाली कांग्रेसको जागरण अभियानका क्रममा काठमाडौंमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले यस्तो आक्रोश व्यक्त गरेका हुन् ।

उनले प्रधानमन्त्री जे पायो त्यही बोल्ने भइसकेको र सभामुख निरीह भइसकेको भन्दै कम्युनिष्टको शासन यस्तै हुन्छ भनेर आफुले पहिल्यै भनेको बताए । प्रधानमन्त्रीले गैर संसदीय भाषा बोलेकाले कांग्रेसले गैर संसदीय शब्द हटाइयोस् भनेर भन्दा तर सभामुख निरीह भएको भन्दै उनले नेपालको संसदीय इतिहासमा यति कम्जोर सभामुख कोही पनि नभएको र नदेखेको बताए ।

सभापति देउवाले सरकारले हरेक क्षेत्रमा हस्तक्षेप गरिरहेको भन्दै चर्को आलोचना गरे । उनले भने, हाम्रो पार्टीसमक्ष अहिले ठूलो जिम्मेवारी आएको छ । हरेक तानाशाही व्यवस्थाविरुद्ध लड्दै आएका हौं । उनीहरुलाई परास्त गरेकै हौं । राणा, पञ्चायत र राजा ज्ञानेन्द्र हटायौं । अहिलेको सरकारको शैली यस्तै रहे हामी यिनीहरुलाई पनि सडकबाटै हटाउछौं ।”

सभापति देउवाले धरै मैहुँ र टाठा—बाठाहरुलाई कांग्रेसले सडक बाटै ढालेको इतिहाँस नविर्सन प्रधानमन्त्री ओलीलाई चेतावनी पनि दिए । उनले सादलको आन्दोलनको नेतृत्व लिन नसक्ने माओबादीलाई मुल सत्रु देख्ने ओली आज माओबादीका कारण सत्तामा पुगेको बताए ।