काठमाडौँ । नेपाली कांग्रेसले प्रतिनिधि र राष्ट्रियसभामा रहेका पार्टीका सांसदका लागि संवाद र प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ । नेपाली कांग्रेसले प्रदेश, जिल्ला, क्षेत्र, पालिका र वडास्तरसम्म लोकतन्त्रका लागि संवाद र प्रशिक्षण कार्यक्रमको आयोजना गर्ने भएको हो ।
कांग्रेस उपसभापति विमलेन्द्र निधिले संवाद र प्रशिक्षण कार्यक्रम गर्ने तयारी भैरहेको बताएका छन् । वैशाख २५ देखि सञ्चालन गर्न लागेको हिमाल, पहाड, तराई–मधेश जागरण अभियानलाई पूर्ण रुपमा सफल पार्न सहयोग गर्ने निधिले आग्रह पनि गरेका छन् ।
पार्टीका महाधिवेशन प्रतिनिधिले प्रदेशस्तरीय प्रशिक्षण गर्ने, कांग्रेसका तर्फबाट स्थानीय तहमा विजयी उम्मेदवार, पार्टीका शुभेच्छुक तथा भ्रातृ संस्था र जनसम्पर्क समितिका सदस्यलाई प्रशिक्षण गर्ने भएको छ । यस्तै सङ्घ, प्रदेश, जिल्ला, क्षेत्र, पालिका र वडास्तरमा लोकतन्त्रका लागि भेला आयोजना गर्ने र समसामयिक राष्ट्रिय विषयमा विचार गोष्ठी पनि गर्ने काँग्रेसको तयारी छ ।
प्रतिक्रिया