देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नयाँ शक्ति र संघीय समाजवादी फोरम नेपाल बीच पार्टी एकताको सहमति, सोमबार घोषणा

देशान्तर

काठमाडौं । डा बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी र उपेन्द्र यादव नेतृत्वको संघीय समाजबादी फोरम पार्टीबीच एकता गर्ने सहमति भएको छ ।

फोरमका अध्यक्ष यादव र नयाँशक्तिका संयोजक भट्टराईले शनिवार संयुक्त विज्ञप्ति जारी गर्दै पार्टी एकीकरणको सहमति भएको जानकारी दिएका छन् । दुवै पार्टीबीच आगामी वैशाख २३ गते काठमाडौंमा एकता घोषणा हुने जनाइएको छ । एकीकृत पार्टीको नाम समाजवादी पार्टी नेपाल रहने जनाइएको छ ।

केही समययता दुई पार्टीबीच छलफल जारी थियो। शुक्रबार राति पनि नयाँ शक्तिको पार्टी कार्यालयमा छलफल चलेको थियो। आज दिउँसो नयाँ शक्तिका संयोजक डा बाबुराम भट्टराई र फोरमका अध्यक्ष उपेन्द्र यादवबीच हस्ताक्षर भएको हो।

दुई पार्टीबीच भएको सहमति अनुसार डा बाबुराम भट्टराई एकीकृत पार्टीको संघीय परिषद्को अध्यक्ष हुनेछन्। त्यस्तै, उपेन्द्र यादवले केन्द्रीय समितिको अध्यक्षता गर्नेछन्। दुई अध्यक्ष रहे पनि भट्टराई पहिलो वरीयतामा रहनेछन् भने यादव दोस्रोमा रहनेछन्।