देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

वारपाक केन्द्रविन्दु भएर गएको विनासकारी भूकम्पको ४ वर्ष पूरा

देशान्तर

काठमाडौँ । नेपालमा पछिल्लो विनाशकारी भूकम्प गएको आज ४ बर्ष पूरा भएको छ । ४ बर्ष अघि आजैको दिन वैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दू बनाएर ७ दशमलव ६ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो ।

भूकम्पका कारण काडमाडौँ उपत्यकासहित सिन्धुपाल्चोक, गोरखा, रसुवा, धादिङसहितका जिल्लामा बढि क्षति पुगेको थियो । झण्डै ८ लाख नागरिक भूकम्पको प्रत्यक्ष मारमा परेका थिए । भूकम्पमा परि कम्तिमा ८ हजार ७ सय ९० जनाको मृत्यु भएको थियो ।

झण्डै २२ हजार नागरिक घाइते भएका थिए । अति प्रभावित १४ र कम प्रभावित १८ गरि ३२ जिल्लामा भूकम्पको असर अझै बाँकी छ । भत्केका घरको पुनर्निर्माणमा समेत निर्धारित लक्ष्य अनुसार काम हुन सकेको छैन ।

२०७२ सालको महाभूकम्पअघिको तुलनामा त्यसपछिका समयमा भूकम्प जाने क्रम बढेको छ । भूकम्पविदहरुले भने अहिले आइरहेका कम्पनहरु भूकम्प नभएर परकम्पनहरु रहेको बताएका छन् । २०७२ साल यताको चार बर्षमा झण्डै ४५ हजार पराकम्प आएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

त्यसबीचमा कुनै महिना दिनहुँजसो धेरै संख्यामा र कुनै महिना दिन बिराएर पराकम्प आउने गरेको छ । शक्तिशाली भूकम्पपछि सबै शक्ति बाहिर नआएका कारण पटक पटक भूकम्प जाने गरेको भूकम्पविद्ले बताएका छन् ।

नेपाल भूकम्पीय दृष्टिकोणले संवेदनशील क्षेत्रको रूपमा रहेको विज्ञहरुले बताउँदै आइरहेका छन् । नेपाल इन्डियन प्लेटमाथि रहेको र उत्तरमा रहेको युरेसिएन प्लेटसँग इन्डियन प्लेट जोडिएको ठाउँमा रहेको छ । यी दुई प्लेटबीच संघर्ष हुनेभएका कारण नेपाललाई भूकम्पीय जोखिमयुक्त क्षेत्रका रूपमा लिने गरिएको छ । झन्डै पाँच करोड वर्षअघि दक्षिणको इन्डियन प्लेट उत्तरको युरेसिएन प्लेटसँग ठोक्किएको अध्ययनकर्ताको अनुमान छ ।