काठमाडौँ । नेपाली जनताको ठूलो त्याग र बलिदानबाट नेपालमा २०६३ साल वैशाख ११ लोकतन्त्र बहाल भएको आजको दिनलाई पनि दलहरुले वेवास्ता गरेका छन ।
संसदवादी दलहरूले अगाडि बढाएको आन्दोलन र सशस्त्र सङ्घर्षमा रहेको तत्कालीन नेकपा माओवादीबीच सम्पन्न १२ बुँदे सहमतिपछि १९ दिने ऐतिहासिक जनआन्दोलन सफल भएको दिनको सम्झनामा दलहरुले विशेष कार्यक्रमगरी सम्झना गर्ने अपेक्षा गरिएको थियो । कांग्रेसले भने आजबाट सुरुगर्ने भनेको राष्ट्रिय जागरण अभियान नेता राकृष्ण ताम्रकारको निधनपछि स्थगित गरेको छ ।
आजकैदिन डेढ दशक लामो प्रजातान्त्रिक कालखण्डको भ्रष्टाचार र बेथितिप्रति प्रायश्चित्त गर्दै प्रमुख दलहरूले त्यस्तो गल्ती नदोर्होयाउने प्रतिबद्धता जनाएका थिए । सशस्त्र संघर्षको माध्यमबाट राजनीतिको मूलधारमा आएको तत्कालीन माओवादीले आफ्नो प्रमुख नारामा भ्रष्टाचारविरोधी विषयवस्तु समावेश गरेको थियो ।
तर केही वर्षमै यी भाषण र प्रतिबद्धता झूटा सावित भएका छन् । लोकतन्त्रपछिको १४ वर्ष लेखाजोखा गर्ने हो भने प्रजातान्त्रिक कालखण्डमा भन्दा बढी भ्रष्टाचार घट्नुको साटो बढ्दै गएका छन । पछिल्ला केही वर्ष हेर्ने हो भने अर्बौ रुपैयाँका ठूला अनियमितता भएका छन । तत्कालिन सातदल र विद्रो माओबादीको सहमतिमा भएको त्यो अन्दोलनबाट राजसंस्थाको समेत अन्त्य भएको छ ।
राजसंथाको अन्त्य भएपनि अहिले सक्तामा पुगेका दलहरु तत्कालिन राजा भन्दा बढी निरङकुश बन्ने चेष्टा गरिरहेका छन । तत्कालिन सातदल र विद्रोही भनिएको माओबादीकावीचमा अहिले पार्टी एकता भएर नेकपा बनेको छ भने नेकपा नेतृत्वको सरकार पुर्व राजा भन्दा पनि बढी तानाशाही बन्ने तर्फ लागेको आरोप लागेको छ ।
लोकतन्त्र स्थापनाको लागि भएको आन्दोलनमा शहिद भएका र घाइते भएकाहरु अहिले सरकारको नजरमा पर्नसकेका छैनन् भने सरकार चलाउने दलहरु पूर्वराजाको शैलीमा शाशनको अभ्यास गरिरहेका छन ।
प्रतिक्रिया