देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सरकार र राप्रपा बीच आज वार्ता हुँदै

देशान्तर

काठमाडौँ:हिन्दु राष्ट्र र राजासहितको लोकतन्त्रका लागि आन्दोलन गरिरहेको राष्ट्रिय प्रजातन्त्र पार्टी र सरकारबीच आज वार्ता हुँदैछ ।
२२ बुँदे माग राख्दै आन्दोलन गरिरहेको राप्रपालाई सरकारले पत्राचार गरेर वार्तामा बोलाएपछि आज वार्ता हुने भएको हो ।
कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले सरकारकोतर्फबाट आइतबार उक्त पार्टीलाई वार्ताका लागि पत्र पठाएका थिए ।
सरकारको पहलकदमीलाई सकारात्मक रुपमा लिएको जनाउदै राप्रपा वार्ताका लागि तयार भएको हो ।
सरकारसँग वार्ता गर्न पार्टीले नेता दीपक बोहराको संयोजकत्वमा महामन्त्री राजेन्द्र लिङ्देन र नेता नीरञ्जन थापासहित तीन सदस्यीय वार्ता समिति गठन गरेको छ ।
वार्तामा सरकारसमक्ष पेश गरेको हिन्दु राष्ट्रको पुनःस्थापना, राजासहितको लोकतन्त्रका लागि सर्वपक्षीय गोलमेच सम्मेलन, सङ्घीयताबारे जनमतसङ्ग्रहलगायत मागका विषयमा छलफल गरिने राप्रपाले जनाएको छ ।